विवाहको पहिलो रातमै दुलाहा दुलहीको निधन
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार ११:२३:१
२२ जेठ, बहराइच । उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ ।
प्रहरी रिपोर्टका अनुसार विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो । दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको थियो । दुवैको एउटै चितामा दाहसंस्कार गरिएको छ ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो । मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए । विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए । भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए ।
रिपोर्टमा भनिएको छ कि उनको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो।
कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले भने, ‘कोठामा जबरजस्ती प्रवेश गरेको वा दम्पतीको शरीरमा चोटपटकको कुनै चिन्ह थिएन, जसले उनीहरूको मृत्युमा कुनै अपराधलाई संकेत गर्छ।’
यसैबीच हृदयघातको पोष्टमार्टम रिपोर्टको नतिजाले भने धेरैलाई आश्चर्यमा पारेको थियो । मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विज्ञको टोलीले कोठा र परिस्थितिको थप जाँच गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार