आर्थिक चलखेलपछि चोरीको आरोपमा पक्राउ परेका सुन व्यवसायी राति छुटे
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १२:२८:२७
२३ जेठ, दाङ । सुन चोरीको आरोपमा पक्राउ परेका घोराहीका सुनचाँदी व्यवसायीलाई प्रहरीले मध्य राति छाडेको छ । घोराही निमा हल रोड नजिकै रहेको सन्तोष सुनचाँदी पसलका सञ्चालक खड्ग सेर्पाइलीलाई प्रहरीले चोरीको सुन किनेको आरोपमा पक्राउ गरेको थियो । तर प्रहरीले उनलाई शुक्रबार मध्ये राति नै छाडेको छ ।
चोरीको सुन किन्ने आरोपी व्यवसायीलाई मुद्दा चलाउनुको साटो जिल्ला प्रहरी कार्यालय दाङले उनलाई उन्मुक्ति दिएको छ । स्रोतका अनुसार प्रहरीले १० लाखबाट बार्गेनिङ गर्न सुरु गरेपनि अन्तिममा ५ लाखमा मुद्दा नचलाउने सर्तमा आरोपी सेर्पाइलीलाई छाडेको हो । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतममाथि मुद्दा मिलाउन सहजीकरण गरेको आरोप लागेको छ ।
डीएसपी गौतमलाई जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले संरक्षण गर्दै आइरहेका छन् । डीएसपी गौतमलाई मुद्दामा सहजीकरण गर्न लगाएर एसपी वलिले पीडितहरुबाट पैसा उठाउने गरेको स्रोतको दावी छ । यसअघि पनि स्कुटर चोरीको आरोपमा पक्राउ परेकालाई पनि डीएसपी गौतमले मिलेमतोमा छाडेका थिए । चोरीको सुन किनेको आरोपमा पक्राउ परेका व्यवसायी छुटे लगत्तै डीएसपी गौतम बिदा बसेका छन् । यो विषयमा एसपी वलीसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
तर डीएसपी गौतमले भने उनलाई छाडेको स्वीकार गरेका छन् । ‘चार आना सुन किनेको रहेछ, उसलाई बोलाएको बेला हाजिर हुने गरी छाडिएको छ’, डीएसपी गौतमले भने । कानुन त उनलाई पनि मुद्दा चलाउनु पर्ने भएपनि डीएसपी गौतमकै जोडबलमा छाडिएको जिल्ला प्रहरी दाङका एक प्रहरी अधिकारीको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
स्कुल बसमा आगजनीः तीन वटा मोटर साइकलमा आए, आगो लगाएर भागे
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार