फिदिममा सार्वजनिक शौचालयको अभाव
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १५:९:१२
२४ जेठ, पाँचथर । सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन् भन्दा धेरैलाई विश्वास नलाग्ला तर नयाँ सहरका रुपमा विकास भइरहेको सदरमुकाम फिदिममा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन् । नेपाल सरकारले भौतिक सुविधाको विस्तार गरी बसाइँसराइ रोक्ने उद्देश्य राखी विकास गरिरहेको फिदिममा अहिले पर्यटक, बटुवा र यात्रु शौचालय खोजेर भौतारिने गर्छन् ।
सार्वजनिक शौचालय नभेटेपछि पसल र होटलमा पुगेर शौचालय प्रयोग गर्न दिन उनीहरुले याचना गर्नुपर्छ । शौच गर्नकै लागि पर्यटक, बटुवा र यात्रु होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर जानुपर्ने बाध्यता छ । यात्रु बुद्धिमान स्याङनात पनि त्यसरी दुःख पाउनेमध्येका एक हुन् । जिल्लाको फाल्गुनन्द–६ का स्याङतान फिदिम बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर अचम्ममा छन् ।
“नयाँ मान्छेलाई त यहाँ गाह्रै हुन्छ, ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन्, नौलो मान्छेलाई समस्या छ नि”, स्याङनातले भने, “शौचालय त अति आवश्यक देखिन्छ, तर नगरपालिका भए पनि अहिलेसम्म किन नबनाएको होला ? मैले बुझ्न सकेको छैन् ।” फिदिमको गणतन्त्र चोकमा भेटिएकी याङवरक–६ की इन्द्रकुमारी सुहाङको गुनासो पनि उस्तै छ । “यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनुपर्ने हो, बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ”, सुहाङले गुनासो गर्दै भने ।
अटोरिक्सा चालक कुमार तामाङ शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको बताउछन् । “बाहिरबाट आउने यात्रुहरु शौचालय कहाँ छ भन्छन्, हामीले कहाँ देखाइदिने ?”, तामाङले भने, “होटलतिर गएर चिया, चुरोट मागेर ट्वाइलेट खोजेर शौच गर्नुपर्ने अवस्था छ ।” शौचालय निर्माण गर्ने विषयलाई नगरपालिकाले गम्भीरतापूर्वक नलिएको तामाङको गुनासो छ । आहाल गैरीमा होटल चलाइरहेकी माया तामाङ सवारी साधन रोकिने क्षेत्रमा सार्वजनिक शौचालय अत्यावश्यक रहेको बताउछन् ।
हिमाल यातायातको फिदिम काउण्टरका प्रमुख निशान साँवा बजार क्षेत्रमा पार्किङ गर्ने सहज व्यवस्था तथा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउछन् । “बसपार्क टाढा हुँदा गाडी त्यहाँबाट सञ्चालन हुनसकेका छैनन्, यात्रुहरु बजारमै उत्रन चाहन्छन्, उनीहरुको काम पनि यतै हुन्छ, यहाँ न पार्किङ सहज छ, नत शौचालयको व्यवस्था नै”, साँवाले भने, “पार्किङ सहज बनाइ सोही स्थानमा सार्वजनिक शौचालय बनाउनु जरुरी छ ।”
आफ्नो होटलको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्दा मासिक रु २० हजारभन्दा बढी खर्च हुने गरेको व्यवसायी पूर्ण सम्बाहाम्फेको भनाइ छ । सम्बाहाम्फेको होटल भएको लिम्बुवान गेट बाहिर यात्रु उत्रिएर बजारभित्रका काम गर्ने मुख्य ठाउँ हो । “मेरो होटलमा सबैतिरबाट आएका यात्रु ठोकिन्छन्, बालबालिका, बुढापाका अभर परेर आउँछन्, मैले दिन्न भन्नुभएन”, सम्बाहाम्फेले भने, “मेरो शौचालयको सेफ्टी ट्याङ्की सानो छ, मैले प्रत्येक महिनामा सेफ्टी ट्याङ्की सफा गराउनुपर्छ, यसो गर्दा मासिक रु २० हजार खर्च भइरहेको छ, नगरपालिकामा बिल हेरे हुन्छ ।”
नगर उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार बर्सेनि फिदिम बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने बजेटको व्यवस्था गरिए पनि सार्वजनिक शौचालय निर्माण गर्न जग्गाको खोजी भइरहेको छ । संरचना निर्माण गर्न जग्गा खरीद गर्न नमिल्ने भएकाले नगरपालिकाले जग्गाको प्रवन्ध गर्न सकेको छैन् । शौचालय निर्माणकै लागि मुख्य चोकमा लाखौं मूल्यपर्ने जग्गा उपलब्ध गराउन स्थानीय पनि तयार छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार