रबि लामिछानेले गरे संसद बैठकमा क्षमायाचना
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १३:३२:३
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष समेत रहेका सांसद रबि लामिछानेले बिहीबारको प्रतिनिधिसभाको बैठकमा क्षमा याचना गरेका छन् । यसअघिका बैठकमा प्रतिपक्षी दलका सांसदरुबाट भएका अमर्यादित प्रस्तुति र गतिविधिहरुप्रति क्षमा याचना गरेका हुन् । रास्वपा प्रतिपक्षी दल हुन् ।
अघिल्लो ससंसदले पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जेठ १७ गते प्रमाणिकरण गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमाले, प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई रोष्ट्रममै घेरा हालेर बोल्न नदिएपछि प्रतिपक्षी दलहरुको सर्वत्र आलोचना भइरहेका छन् । विधेयक प्रमाणिकरणबारे प्रधानमन्त्रीबाट जवाफ मागेका उनीहरुले प्रधानमन्त्रीलाई पटकपटक अवरोध पुर्याएका थिए ।
उनीहरुले प्रमाणिकरण गलत तरिकाबाट भएको र यसलाई संसदमा ल्याएर छलफल नगरेसम्म प्रमाणिकरण गर्नु असंवैधानिक रहेको बताउँदै आएका छन् । प्रमाणिकरणपछि राजपत्रमा प्रकाशितपछि ऐन बनिसकेको अवस्थामा प्रमाणिकरण प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले ऐन कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको अवस्थामा छ ।
ऐन कार्यान्वयनमा रोक लागेपछि मुख्यतः तराई क्षेत्रका अंगिकृत र जन्मसिद्ध नागरिकका बालिग सन्तानले एमाले, रास्वपा र राप्रपाका सांसदहरुको चर्को विरोध गरेका छन् । ति दलका नेतृत्वको पुत्ला जलाइएका छन् । प्रमाणिकरणपछि खुशीयाली मनाएका मधेश प्रदेशका नागरिकहरुले ऐन रोकिएपछि लामिछाने लगायतको पुत्ला जलाएका छन् ।
तीन पार्टीलाई नागरिकता ऐनविरोधीको रुपमा चित्रण गरिएको छ । उनीहरूले आक्रोश पोखिरहेका छन् ।
यस्तो अवस्थाबीच लामिछानेले बिहीबार संसद बैठकमा रोष्ट्रमबाट क्षमा मागेका हुन् । आफूहरुले अंगिकृत र जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनेबारे व्यापक छलफल हुन आवश्यक रहेको बताउँदै विधेयकलाई संसदमा ल्याएर छलफल गर्न सबै दल तयार हुन आग्रह गरे । आफू कुनै समुदायको विरोधमा नरहेको र संविधानबमोजिम सबै नागरिकले नागरिकता पाउनुपर्ने पक्षमा आफूले निरन्तर वकालत गर्दै आइरहेको उनले बताए ।
यस्तै, लामिछानेले नागरिकले नागरिकता नपाउँदाको पीडा आफूलाई साँच्चो रुपमा थाहा भएको बताउँदै वैवाहिक अंगिकृत नागरिकतासम्बन्धी व्यवस्थामथि नयाँ सांसदहरुले छलफल गर्न पाउनुपर्ने बताए । उनले आमाले आफ्ना सन्तानका बाबु थाहा नभएको स्वघोषणले महिलालाई नै आत्मसम्मानमा गम्भीर चोट पुर्याउने र यसलाई सुधार्न आवश्यकता रहेको उनले बताए । अंगिकृत नागरिकतामा महिला र पुरुषबीच विभेद गरेको उनको भनाइ छ ।
बैठकमा जहिल्यै र्भैंसी र राँगाको कुरामा गरिराख्दा अर्को चुनावमा कुनैपनि दललाई मुख देखाउन मुश्किल पर्ने उनले बताए । ‘यो सदन पाँच वर्षसम्म भैंसी र राँगाको कुरा मात्र गर्ने हो भने हामीले गोबरबाहेक केही पाइनेवाला छैन’ उनको भनाइ थियो । उनले कुनैपनि विषयमा समाचारको हेडलाइन र लेखनमा भर नपरी नागरिकको पक्षमा निर्णय लिन अगाडि बढ्न आग्रह गरे ।
यस्तै, लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सतही र गरिबको हितमा नरहेको जिकिर गरे । ‘बजेटले आर्थिक वृद्धि दर र कार्यान्यवयनको पाटोमा अन्यौल रहेको छ । शिक्षामा आकर्षक नारा राखिए पनि ठोस नीतिको अभावमा विलाएर जाने निश्चित छ ’ उनले भने, ‘चुनावका बेला जनतालाई स्वास्थ्य, शिक्षा, कृषिमा सुविधा र रोजगार वृद्धिसम्बन्धी हामी किन फरकफरक कित्तामा उभिन्छौं । कम्तीमा शिक्षालाई व्यापारीको हातबाट झिकेर नागरिकको हितमा लैजाऔं । यसमा रास्वपा हरपल तयार छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएडीबीको बोर्ड बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन अपिल
बैशाख २४, २०८१ सोमबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
अर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार