शाहिदको ओटीटी पारिश्रमिक ४० करोड !
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:२३:३९
२६ जेठ, मुम्बई । प्राइम भिडियोको राज एण्ड डीके निर्देशित फिल्म ‘फर्जी’बाट ओटीटी प्लेटफर्ममा पाइला चालेका अभिनेता शाहिद कपूर चाँडै नै अर्को फिल्म ‘ब्लडी ड्याडी’ मा देखिँदैछन् । यो फिल्ममा उनी फरक अवतारमा देखिँदैछन् । अली अब्बास जफर निर्देशित फिल्म जुन ९ मा जियो सिनेमामा रिलिज हुँदैछ ।
शाहिदले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । ‘वर्तमान अनिश्चित परिदृश्यमा कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने टुंगो छैन । यो अवस्थामा उनले ब्लडी ड्याडीका लागि ४० करोड पारिश्रमिक लिएका छन् । महामारी पछिको कठिन अवस्थामा अधिकांश कलाकारले पारिश्रमिक घटाइरहँदा शाहिदको ब्राण्ड भ्यालु भने स्थिर नै छ’, फिल्म निकट स्रोतले भनेको छ ।
जियो सिनेमाले यो फिल्म निर्माणका लागि धेरै रकम खर्च गरेको छ । यो फिल्म हिन्दी फिल्मको इतिहासमा दुर्लभ शैलीको भएकाले पनि निर्माताले लगानीमा कन्जुस्याई गरेका छैनन् । पारम्परिक हिन्दी फिल्मको तुलनामा यो फिल्मको लुक्स र अनुभव, एक्सन सिक्वेन्स, भिजुअल र कथा अनौठो छ । पारिश्रमिकका विषयमा शाहिदले मुख खोलेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्लकबस्टर फिल्म बोर्डर सिक्वेलको रिलिज मिति सार्वजनिक
असार १, २०८१ शनिबार
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन
जेठ ३२, २०८१ शुक्रबार
'सिङ्घम अगेन' को रिलिज आगामी दीपावलीमा हुने
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
एक हप्तासम्म काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने
असार २, २०८१ आइतबार
गण्डकीमा राप्रपालाई फकाउन पृथ्वीनारायण शाहको शालिकको लागि बजेट !
असार २, २०८१ आइतबार
युरोकपमा स्वीजरल्याण्डको विजयी सुरुवात
असार २, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार