अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १६:२८:३४
२६ जेठ, दाङ । दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पनि बन्द गरिएका छन् । घोराही उपमहानगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालय जेठ २६ देखि ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
त्यस्तै देउखुरी क्षेत्रका चारवटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । राप्ती गाउँपालिकाले जेठ २४ देखि २६ गतेसम्म, गढवा गाउँपालिकाले जेठ २५ देखि २९ गतेसम्म, राजपुर गाउँपालिकाले जेठ २६ देखि जेठ ३० गतेसम्म र लमही नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
यसैगरी शान्तिनगर गाउँपालिकाले जेठ २५ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको छ । अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि गर्मीबाट बालबालिका जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सहकारी मार्फत महिला व्यावसायिक बन्दै
जेठ ८, २०८१ मंगलबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार