राष्ट्रियसभा अर्थमन्त्री डा. महतको जवाफः ‘सरकारकाे नीति चुरे संरक्षण गर्ने भन्ने छ, दोहन गर्ने कुरा कहाँबाट आयो ?’

नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १६:५२:३३

२६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार चुरे संरक्षण गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा पेस गरेका आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रिय सभामा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै डा. महतले यस्तो बताएका हुन् ।
‘सरकार बजेट छुट्याएरै चुरेको संरक्षण गर्नेतर्फ लागिरहेको छ । तर बाहिर सबै जना चुरे सिद्धिने भो, सकिने भो भनेको सुन्छु’ मन्त्री महतले भने, ‘संरक्षणको कार्यक्रमबीच उत्खनन गर्ने, सरकारले दोहन गरेर बर्बाद गर्न लाग्यो भन्ने कुरा कहाँबाट आयो ?’
उनले जवाफमा चुरेको ढुंगा निकाल्ने नगर्ने बताए पनि पहाडका पहरा फोडेर ढुंगा गिट्टी विदेश निर्यात गर्न रोक्ने नीति सरकारको नरहेको बताए । भुटानले आफ्नो देशभित्रका पहाडका ढुंगा फोडेर बंगलादेशमा बिक्री गरी आम्दानी गरेको दृष्टान्त पेस गरे । उनले चुरेमा हवाईजहाजबाट हेर्दा टुप्पा भागबाट बगेर वरपर फैलिइ बगर बनेको देखिएकाे कुरा बिर्सन नहुने बताए ।
‘चुरेकै कुरा त नगरौंला, तर पहाडी क्षेत्रमा रहेका काममा नआएका पहरालाई अध्ययन गरी ढुंगा, गिट्टी बिक्री गर्न हुँदैन भन्ने छैन, पहरा फोड्न हुँदै भन्ने कुरा गलत छ’ उनले भने, ‘खेर गइरहेको प्राकृतिक स्रोतलाई परिचालन गरेर राष्ट्रले आम्दानी गर्ने बाटोलाई फराकिलो बनाउन सकिन्छ ।’
माधव सापकोटा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने विश्व बैंकको विश्लेषण
असोज १६, २०८० मंगलबार
सार्वजनिक खरिद प्रणालीलाई प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम गरिने
असोज १५, २०८० सोमबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार