हिसानको शैक्षिक मेलामा बालेनकाे एक्सन, नगर प्रहरीकाे बलमा हटाइयो स्टल
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १७:१३:४४
३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमा सुरू भएकाे उच्च माध्यमिक विद्यालय संघ (हिसान)काे शैक्षिक मेलामाथि ‘एक्सन’ लिएका छन् । आजबाट भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले कक्षा ११ मा भर्नासम्बन्धी सुरु गरेको शैक्षिक मेला बन्द गराएका छन् ।
मेला आयोजना तथा संचालनका लागि आयोजकले जानकारी समेत नदिएको र महानगरपालिकाले दिएको निर्देशन उल्लंघन गरेको भन्दै मेला बन्द गराइएको हो । हिसानले मेलालाई ‘कान्तिपुर एडुफेयर’ नाम दिएर कक्षा १० को परीक्षा एसईई दिएर बसेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने सम्बन्धी जानकारी दिन आयोजना गरिएको थियाे ।
मेला उद्घाटन बिहीबार सभामुख देवराज घिमिरेले गरेका थिए । महानगरले आफ्नो क्षेत्रभित्र बिना जानकारी शैक्षिक मेला, विद्यालयभित्र बाहिरी संस्थालाई कार्यक्रम आयोजना गर्न, एसईईको नतिजा नआई कक्षा ११ मा भर्नासम्बन्धी सूचना प्रकाशन वा गतिविधि गर्न रोक लगाउँदै आएको छ ।
निर्देशन उल्लंघन गरेर शैक्षिक मेला सुरु गरेको भन्दै बिहीबार दिउँसो महानगरका प्रहरीको टोली पुगेर बन्द गराएको हो । मेलाबारे महानगरपालिकालाई जानकारी नगराएको र माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको पाइएपछि मेला बन्द गरिएकाे महानगरपालिकाले जनाएको छ ।
नगर प्रहरी राजु पाण्डेको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले स्टलबाट मेलामा राखिएका स्टलबाट विभिन्न विद्यालयका कर्मचारी र मेलामा आएका विद्यार्थीलाई हलबाट बाहिर निकालेको छ ।
केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना कुनैपनि प्रक्रिया सुरु नगर्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।
मेलामा प्लस टू पढाउने दर्जनौं विद्यालयहरूले विभिन्न स्टल राखेर कक्षा ११ को भर्नाबारे जानकारी दिनुका साथै फाराम वितरण तथा शुल्कको दररेट बाँड्ने काम गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार