ब्लू ओसियन रिक्रुटमेन्टले आकर्षक प्रलोभनमा कुवेत पुर्याएका ११ नेपाली महिला श्रमिक अलपत्र
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ११:४८:५९
१ असार काठमाडाैं । आकर्षक तलबको लोभ देखाएर कुवेत पुर्याइएका ११ जना नेपाली महिला ३ महिनादेखि अलपत्र परेका छन् । काभ्रे, झापा, दाङ, मकवानपुरलगायत जिल्लाका उनीहरू अलपत्र अवस्थामा छन् ।
उनीहरु बत्तिसपुतलीमा रहेको म्यानवापर कम्पनी ब्लू ओसियन रिक्युटमेन्टमार्फत कुवेत पुगेका हुन् ।
सम्झौतापत्र उल्लेख भएभन्दा निकै कम तलबमा काम गर्न तयार नुहँदा आफूहरुलाई नेपाल झिकाउन अनुरोध गर्दा समेत ब्लू ओसियनले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
कुवेतका कम्पनीले घर फिर्ता पठाउन बेवास्ता गरेको उनीहरुले बताएका छन् । कुवेतका कम्पनीले घर फिर्ता आउन समेत नदिएको उनीहरुले बताए । मासिक ११० कुवेती दिनार तलबमा उनीहरू सम्झौता गरेर त्यहाँ पुगेका थिए । कुवेत पुगेपछि मासिक ५५ दिनार मात्र दिएपछि उनीहरु खर्च टार्न नसकेर अलपत्र परेका छन् ।
आफूहरु नेपाल जान बन्देज लागेको बताउँदै धम्की जबरजस्ती काममा लैजाने गरिएको उनीहरुको भनाइ छ । काममा जान नमान्दा कुटपिट समेत गर्ने गरिएको बताएका छन् ।
उनीहरुलाई साँघुरो कोठामा खान र सुत्न लगाइएको छ । उनीहरुमध्ये केहीको स्वास्थ्य समेत बिग्रिएको बताइन्छ । आफूहरुलाई चाँडो घर फर्काउन अनुरोध गरिएको भिडियो सार्वजनिक भएको छ ।
उनीहरु ११० केवेती दिनार तलब पाउने सम्झौतामा जनही १ लाख ८० हजार तिरेर कुवेत पुगेका बताए । काम गर्ने समय दैनिक ८ घण्टा तोकेर गएका उनीहरुलाई १२ घण्टासम्म काममा लगाइएको छ । उनीहरुलाई कुवेत पठाउने कम्पनी ब्लु ओसियन रिक्युटमेन्टका संचालकहरुले भने श्रमिक महिलालाई नै दोषी देखाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार