नयाँ सालमा सबै नेपालीको बैंक खाता अभियान योजना
इन्द्र रिजाल
चैत २८, २०७५ बिहिबार १८:३७:४०
काठमाडौं । नयाँ बर्ष २०७६ सालको वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने भएको छ ।सरकारले बजेटमा सबै नेपालीको बैंक खाताको योजना लिएको थियो । सोही बजेट कार्यान्वयनका लागि सबै नेपालीको बैक खाता अभियान शुरु गर्न लागिएको हो ।
यसरी बैंक खाता खोल्दा सम्बन्धित बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने छ । खोलौ बैंक खाता अभियान २०७६ अन्र्तगत खोलिएका खातामा बैंक तथा वित्तिय संस्थाले १०० रुपैयाँसम्म जम्मा गर्न सक्ने भएका हुन् ।
सरकारले बजेटमा गरेको व्यवस्था अनुसार सबै नेपालीको बैंक खाता बनाउने लक्ष्यलाई कार्यान्वयन गर्न केन्द्रीय बैंकले यसअघि नै वैक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ।
यसैगरी ग्राकह पहिचानमा सरल फारम बनाउन पनि केन्द्रीय बैकले निर्देशन दिएको छ । यस व्यवस्था अनुसार खोलिएको खातामा वार्षिक १ लाखसम्मको सीमा हुनेछ । यस्तै शनिवार ‘चैत ३०’ राजस्व बुझ्ने बैंकका काउन्टर खुला राख्नपनि केन्द्रिय बैंकले निर्देशन दिएको छ ।
अर्थमन्त्रालयको आग्रहमा केन्द्रिय बैंकले शनिबार काउन्टर खुला राख्न भनेको हो । यता बाणिज्य बैंकहरुले बैशाख १ गते पनि बैंक खुला राख्ने भएका छन् । उनीहरुले सरकारले लिएको सबै नेपालीको बैंक खाता अभियानलाई सघाउन १ गते बैंक खुला राख्ने निर्णय गरेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने कांग्रेसको निर्णय
जेठ १, २०८१ मंगलबार