स्याङ्जाका स्थानीय तहमा प्लास्टिकजन्य फोहर सङ्कलन अभियान
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १६:०:२७
३ असार, काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहर संकलन अभियान थालिएको हो ।
‘बिट प्लास्टिक पोलुसन’ भन्ने अभियानसहित गाउँपालिकावासी तथा विद्यार्थीले वर्षभरिको प्लास्टिकजन्य फोहर सङ्कलन गरी तौलको आधारमा पुरस्कार दिने योजना अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । “प्लाष्टिकबाट हुने प्रदूषणले हाम्रो समुदायलगायत समग्र विश्व नै आक्रान्त पारिरहेको छ” उनले भने ।
संकलकलाई तौलको आधारमा पुरस्कृत गरिने योजना गाउँपालिकाले बनाएको छ । उनले भने, “गाउँपालिकाभित्रका प्रत्येक विद्यार्थीलाई घर तथा घर वरपरको प्लास्टिकजन्य फोहर सङ्कलन गर्न आह्वान गरेका छौँ । विद्यार्थीले एकवर्षको अवधिमा संकलन गरेको फोहरको तौलको आधारमा आगामी वातावरण दिवसमा पुरस्कार दिनेछौँ ।”
अध्यक्ष सुवेदीका अनुसार अभियानमा गाउँपालिकाभित्रका २६ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालयका तीन हजार विद्यार्थी संलग्न छन् । “कक्षा १ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा होस् या समुदायमा आफूले जति सक्छन् त्यति नै प्लास्टिकजन्य फोहर सङ्कलन गरी राख्छन्” उनले भने, “उनीहरुले सङ्कलन गरेको फोहरको तौल गरी पुरस्कारस्वरुप रकम उपलब्ध गराउँछौँ ।” गाउँपालिकाले सबै विद्यार्थीको नाममा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरिदिने तयारी गरिरहेको उनको भनाइ थियो । विद्यालयका कक्षा १ देखि १२ सम्म विद्यार्थीले कक्षागतरुपमा छुट्टाछुट्टै बोरामा फोहर संकलन गर्दै आएका छन् ।
विद्यालयमा कक्षागतरुपमा विद्यार्थीले प्लास्टिकजन्य फोहर बोरामा संकलन गरी राख्ने र त्यसको व्यवस्थापन कक्षा शिक्षक तथा विद्यालयका प्रधानाध्यापकले गर्ने व्यवस्था मिलाइएको छ । “विद्यार्थीले संकलन गरेको प्लास्टिकजन्य फोहर गाउँपालिकाले तौल गरेर खरिद गर्नेछ” सुवेदीले भन, “उक्त फोहरलाई गाउँपालिकाले वर्गीकरण गरी पुनः प्रयोग वा बिक्रीको व्यवस्था मिलाउने छ ।”
गाउँपालिकाले यो अभियान थालेसँगै विद्यार्थी उत्साहित भएर प्लास्किजन्य फोहर संकलनमा लागेका फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त शर्माले बताए । “विद्यालय परिसरभित्र कतै प्लास्टिकजन्य फोहर देखे पनि बेवास्ता गर्ने विद्यार्थी अहिले नभनिकन टिप्न थालेका छन् ।” विद्यार्थीले फोहर कक्षागतरुपमा राखिएको बोरामा संकलन गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
नाम राखेर संसदीय समिति बनाउने टीओआरमा सहमति
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने ८ जनाले पोले पशुपति विकास कोषका कोषाध्यक्ष सुवेदीको नाम
जेठ ८, २०८१ मंगलबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार