विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १५:४६:९
४ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलाम चुलाचुलि गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशिल आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२६ प ८१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका-५ गलौदीबाट अवैध लागुऔषध गाँजा करिब ३ केजीसहित रूपन्देही तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय दिलिप केवटलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने १९ वर्षीय नबिन कठरीयालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने २६ वर्षीय बीरेन्द्र बडायकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रहरी प्रदेश कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार