निजी कारमा कानून विपरीत यात्रु बोक्दा सरकार किन मौन बस्छ ?
इन्द्र रिजाल
चैत २८, २०७५ शुक्रबार ०:२३:३९
‘नेपाल भ्रमण वर्ष सफल पार्न विमानस्थलबाटै सहयोग गरौँ’
काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहयोग गर्नुपर्ने आवश्यकता छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको आज भएको वार्षिक साधारणसभामा सहभागीले नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाका सदस्य एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण विडारीले विमानस्थलमा सञ्चालित सवारीसाधनले आन्तरिक तथा बाह्य पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताए । “विमानस्थलमा सञ्चालित यातायातसेवाले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ”, उनले भने । विमानस्थलमा सञ्चालित सवारीसाधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । सभापति विडारीले नियम र कानूनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गरे । “निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन, निजी सवारीसाधनले यात्रु बोके राज्यले कारवाही गर्नुपर्छ”, उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारीसाधनले कानून विपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताए । “निजी कारमा कानून विपरीत यात्रु बोक्दा सरकार किन मौन बस्छ ?”, उनले प्रश्न गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारीसाधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशभरीको यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताए । “यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ”, उनले भने ।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुन नसक्ने बताए । बाह्य पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातसेवामा पर्ने भएकाले त्यहाँका सवारीसाधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्वारा विमानस्थल भएकाले उनीहरुलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारीसाधनले कानून विपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताए । “निजी कारमा कानून विपरीत यात्रु बोक्दा सरकार किन मौन बस्छ ?”, उनले प्रश्न गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारीसाधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने बताए । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले आन्तरिक तथा बाह्य पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताए । हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यातायात सुविधा दिन २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारीसाधनमार्फत् सेवा प्रदान गर्दै आएको अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार