पूर्व बैंकर अनिल शाह रास्वपाकाे प्रशिक्षण विभाग प्रमुखमा चयन
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार ११:५०:१३
७ असार, काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशिक्षण विभाग प्रमुखमा चयन भएका छन् । शाह केही दिन पहिले मात्र रास्वपा प्रवेश गरेका थिए ।
बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उनलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । शाह नबिल बैंक तथा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।
रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा आज दिउँसो १ बजे चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सबै राजनीतिक दलका शीर्षस्थ नेता, नेता, बुद्धिजीवी, सांसद, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगी, व्यवसायीहरूलाई आमन्त्रण गरिएको केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।
रास्वपा गत वर्ष वैशाख १० मा स्थानीय चुनाव सम्पन्न पछि झन्डै ३ महिनापछि असार ७ गते काठमाडौंका घोषणा भएको पार्टी हो । त्यसपछि मंसिर ४ मा भएको आमनिर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको जित्यो । त्यसपछि गएको वैशाख १० मा भएको उपनिर्वाचनमा १ सिट हात पारी २१ सिट पुर्याएको छ ।
संसदमा रास्वपा चौथो दल बनेको छ । रास्वपाका पछिल्लो समयमा पुराना र परम्परागत राजनीति दलका लागि चुनौती बनेर खडा भएको ठानिएको छ ।
रास्वपा गैर राजनीतिक पृष्ठभूमिबाट गएका व्यक्तिहरूबाट बनेको पार्टी मानिन्छ । पार्टी सभापति रवि लामिछाने स्वयं संचार क्षेत्रबाट गएका हुन् । उपनिर्वाचनमा तनहुँबाट संघीय सांसद पदमा विजयी भएका गोरखाका डा. स्वर्णिम वाग्ले विज्ञताका रुपमा प्रवेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार