सांसदलाई निर्वाचन क्षेत्रमा विकास योजना छनोटमा महानगरको पूर्वस्वीकृति अनिवार्य
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १२:४:२१
६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारले सांसद विकासको कोषबाट प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि छुट्याएको ५ करोड रुपैयाँ बजेट रकम खर्च गर्न याेजना छनाेटमा पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ ।
महानगरका प्रमुख बालेन्द्र शाहले बिहीबार सार्वजनिक गरेका आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा संघ र प्रदेशबाट निर्वाचन क्षेत्र विकास कार्यक्रम लिएर आउने सांसदहरुलाई योजना छनोटमा महानगरको पूर्वसहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेका छन् । संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदका लागि आफ्नो निर्वाचन निर्वाचन क्षेत्रमा विकास खर्चका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै बागमती प्रदेश सरकारले पनि ३ देखि ५ करोड रुपैया बजेट प्रदेश सांसदका लागि छुट्याइएको छ । काठमाडौंमा १० वटा संघ र २० प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । दुवैतर्फका अधिकांश निर्वाचन क्षेत्र काठमाडौं महानगरभित्र पर्दछन् ।
संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षदेखि लागू हुने गरी सांसद विकास कोष ब्यूँताएका हुन् । विगतमा रोकिएको सांसद विकास कोष कार्यक्रम यस वर्षबाट ब्यूँताएपछि महानगरले त्यस्ता कार्यक्रममा आफ्नो प्रत्यक्ष भूमिका खोजेको छ । सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वयबिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ’ नीति तथा कार्यक्रममा स्पष्ट उल्लेख छ ।
यसैगरी उनले सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालनगर्न एक विद्यालय एक नर्स र मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
साथै, संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिने र सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गरिने भएको छ ।
ललितकला विश्वविद्यालयका लागि अध्ययन सुरु गरिने उनले बताए । महानगरभित्र एक नगर अस्पतालमा संचालन गरिने र महानगरवासीलाइ निस्शुल्क औषाधिको व्यवस्था गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ ८, २०८१ मंगलबार
नाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार