सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा, अन्तर्राष्ट्रिय आवतजावत बन्द
इन्द्र रिजाल
चैत २८, २०७५ शुक्रबार ०:५४:५२
सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ । उनलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा सञ्चालित टेलिभिजनबाट घोषणा गरेका हुन्।
“मैले रक्षा मन्त्रीको हैसियतमा घोषणा गर्दछु की यस सरकारको नेतृत्वलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ,” इब्नौफले भनेका छन् । बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म शासन गर्दै आएका थिए । विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि उनलाई अहिले पदमुक्त गरिएको हो ।
सेनाले सैन्य परिषद् गठन गरिएको र दुई बर्षका लागि बशिरलाई हटाइएको पनि स्पष्ट पारेको छ । रक्षा मन्त्री इब्नौफले देशको हवाई क्षेत्र र सिमा क्षेत्रहरु बन्द गरिएको र अन्तर्राष्ट्रिय आवतजावतमा अर्को सूचना जारी नहुँदासम्म निषेध गरिएको जनाएको छ ।
सेनाले बन्दी बनाइएका सवै राजनीतिक नेताहरुलाई थुनामुक्त गरिदिएको पनि घोषणा गरेको छ । देशको शक्तिशाली निकाय मानिएको सुडानी सेनाले आज सार्वजनिक वक्तव्यमार्फत् जनताको पक्षमा उभिएको घोषणा गरेको छ ।
सरकारी सञ्चार माध्यममार्फत सम्प्रेषित समाचारमा देशभरी रहेका राजनीतिक दलका बन्दी नेताहरुलाई थुनामुक्त गरिदिने घोषणा गरेको उल्लेख छ । खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसिरहेका बेला सेनाले बन्दी नेताहरुलाई नियन्त्रणमुक्त गरिदिएको हो ।
प्रदर्शनकारीहरुले बन्दी बनाइएकाहरुलाई थुनामुक्त गर्न माग गरिरहेका थिए । उनीहरुको माग अनुसार सेनाले उनीहरुलाई छाडिदिएर प्रदर्शनकारीलाई सहयोग गरेको छ । उनीहरूले राष्ट्रपति बशिरलाई हटाउन माग गर्दै नाराबाजी गरिरहेका थिए । खार्तुम अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति बसिरको राजीनामाको माग गर्दै उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका थिए ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका थिए । सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन् ।
गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो । खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनःस्थार्पित गर्नुपर्ने आह्वानसहित प्रदर्शन शुरु भएको थियो । आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका थिए । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार