जनकपुरधाम उपमहानगरको बजेट २ अर्ब २८ करोड २३ लाख
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १८:३६:२
८ असार, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बजेट ल्याएको छ । उपप्रमुख किशोरी साहले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा चालूतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पूँजीगततर्फ १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटमा आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रूपैयाँ र बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० आम्दानी हुने उल्लेख छ ।
बजेटअनुसार आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उपमहानगरपालिकाले फोहरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाको गाडी पार्किङस्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको थप निर्माणका लागि २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख बजेट विनियोजन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार
बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
सहकारी मार्फत महिला व्यावसायिक बन्दै
जेठ ८, २०८१ मंगलबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार