गर्मी मौसममा दही–मोहीकाे महिमा, यस्ता छन् फाइदा
नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार १४:२६:५
यो समय गर्मी मौसमको हो । गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ। अहिले देशभर गर्मी छ । गर्मी बढेसँगै मानिस दही खाने गर्छन्। गर्मी मौसममा दही सुन्दा नै शीतलता प्रदान गर्ने माध्यममा रूपमा बुझ्छन्। त्यस्तै मानिस गर्मीमा विभिन्न पेयपदार्थ र शरीरलाई शीतलता प्रदान गर्न खाने कुरा धेरै खाना रुचाउने गर्दछन्।
मानिस दही, मोही लस्सी धेरै खाने गर्छन्। यो मौसममा शरीरमा अत्यधिक मात्रामा पसिना आउने भएकोले पनि हाम्रो शरीरमा पानीको मात्रा पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ।
दहीले हामीले खाएका खानेकुरालाई पचाउन मद्दत गर्ने गर्छ। यति मात्र होइन दही सेवन गर्दा स्वास्थ्यमा धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन्। दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पुराउँछ।
मोहीको महत्वको विषयमा योग रत्नाकर नामक ग्रन्थमा लेखिएको एउटा श्लोकको आशय यस्तो छ,‘यदि कैलाशमा मोही (छाछ, वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्नाको कारणले नीलो हुँदैनथ्यो । वैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो होला । देवराज इन्द्र सौन्दर्यविहीन हुँदैनथे होला । गणेशजीको पेट त्यति ठूलो हुँदैनथ्यो होला ।’
यस श्लोकमा व्यक्त विचारबाट के अर्थ लाग्छ भने शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसै नै बढ्छ । यसैगरी आयुर्वेदको अर्को एउटा ग्रन्थमा लेखिएको छ, ‘मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताहरूका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।’
आर्युवेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महत्वको बारेमा स्पष्ट व्याख्या गरिएको छ । दूधबाट दही बन्दा एक विशेष प्रकारका कीटाणु पैदा हुन्छन्, जसले हाम्रो स्वास्थ्यका लागि निकै महत्व राख्छन् । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ ।
क्याल्सियमको महत्व हाडको लागि अति नै हुन्छ । उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । विशेषगरी महिनावारी बन्द भएका महिलाहरूमा यो समस्या बढी हुन्छ । यस समस्याबाट बच्नका लागि क्याल्सियमको अति नै महत्व छ । क्याल्सियमयुक्त भोजनको प्रयोग यस रोगबाट बच्ने एउटा राम्रो उपाय हो । दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरू गरेका बालबालिका सबैका लागि विशेष महत्व राख्छ ।
दही दूधभन्दा धेरै सजिलोसँग पच्छ । दूध खान मन नलाग्ने वा कतिपय अवस्थामा दूध नपच्ने वयस्क व्यक्ति र बच्चाहरूका लागि पनि दही एउटा उत्तम भोजन हो । दूधबाट दही बन्दा विशेष प्रकारका लाभदायक कीटाणुहरू उत्पन्न हुन्छन् । ती कीटाणुहरूले पेटमा रहेका हानिकारक कीटाणुलाई नष्ट गर्न मद्दत गर्छन् । कतिपय व्यक्तिहरूलाई एण्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्ने गर्छ ।
यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ । गर्मीमा हामीले batta ko फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ । यस्तो जुस दिनु भनेको स्वास्थ्यमा खेलबाड गर्नु हो ।
गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नी लगायत शरीरका अन्य अंगहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउँछ। यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइन्छ। त्यस्तै, एक कोल्ड डिंक्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा निकै बढी भएको पाइएको तथ्य थियाे। द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो। बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही खानुपर्छ ।
अपचको समस्या कम हुन्छ
बिहान बेलुकाको खानासँग दही पिउने गर्दा हामीले खाएको खानेकुराले खाने कुरालाई सहजै पाचलन प्रक्रियामा लैजाने गर्छ। दहिले पाचन प्रक्रियालाई सहज बनाउने चिकित्सकको भनाइ छ। शरीरमा भएको बोसोको मात्रालाई पनि नियन्त्रण गर्न सहयोग गर्छ। साना दूध चुस्ने बच्चालाई दूध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएमा पनि दहीमा मह मिलाएर खुवाउँदा निकै फाइदा पुग्छ।
शरीरको तापक्रमलाई सन्तुलन राख्छ
गर्मी याममा दहीको सेवनले शरीरको तापक्रमलाई ठिक्क मात्रामा वा सन्तुलनमा राख्ने काम गर्छ। शरीरको भित्री गर्मी हटाउने कामका लागि पनि दही निकै लाभदायक मानिन्छ।
भोक जगाउँछ
यो मौसममा पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, झाडापखलला लगायतका रोगहरू अधिकांश मान्छेलाई लाग्ने हुनाले भोक नलाग्ने वा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ। यस्तो समस्याका लागि दहीको सेवनले भोकसम्म जगाउने काम गर्छ।
छालाका लागि उत्कृष्ट
गर्मीको समयमा अनुहारमा चाया निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन्। अनुहारमा दहीको लेपन गरेर केही समय राखेर सफा गर्दा अनुहारको छाला नरम र चम्किलो हुन्छ। घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा फाइदा पुग्छ।
विभिन्न रोगको लागि फाइदाजनक
दैनिक दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत पुग्छ। कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ। दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्याएर बलियो बनाउन मद्दत गर्दछ।
रोग प्रतिरोधक क्षमता बढाउँछ
दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ। दैनिक रूपमा दहीको सेवनले गर्मीमा हुने एलर्जीको समस्यामा पनि समाधान गर्छ। दाँतसँग सम्बन्धित रोगलाई पनि दहिले धेरै फाइदा गर्छ।
पसिनाको दुर्गन्ध कम गर्छ
गर्मीमा हामी जो कोहीलाई पनि पसिना निकै आउने गर्छ। यस्तो अवस्थामा दही र बेसनको मिश्रणले मालिस गरेर केही समय राखी नुहाउनाले पसिनाको दुर्गन्ध हराउँदै जान्छ।
अल्सरका बिरामीलाई फाइदाजनक
कुनै बिरामीलाई अल्सर भएको छ भने उनीहरूका लागि दहीको सेवन निकै लाभदायक मानिन्छ। दहीमा थोरै ज्वानो र बिरे नुन मिसाएर दैनिक रूपमा बेलुका सुत्ने बेला सेवन गर्न सकिन्छ।
दहीको असर
हामीले कहिले पनि खाली पेटमा दही खानु हुँदैन। यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तर बढाउने हुँदा पेट पोल्ने समस्या निम्तन सक्छ। राति पनि दही खानु हुँदैन। रातिको तापक्रम चिसो हुँदै जाने हुँदा दही चिसो पदार्थ भएको कारणले खकारको मात्रा बढाउँछ। त्यसको प्रभाव सुरुमा छातीमा पर्छ। विस्तारै छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास आउँछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार