एनआरएनए अमेरिकाको युवा संयोजकमा थापा र उपाध्यक्ष पदमा खनालको उम्मेदवारी
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार ११:९:२६
९ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको युवा संयोजकमा विक्की थापा र उपाध्यक्षमा अनुप खनालले उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिका सचिव खनाल र थापाले “युवाहरुको बृहत सहभागिता, संस्थाको दिगो सफलता” नारासहित आगामी कार्यकालका लागि थापाले संयोजक र खनालले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
उनीहरूले एक विज्ञप्ति जारी गर्दै एनआरएनएलाई थप उचाइमा पुर्याउन आफूहरूले उम्मेदवारी दिएको बताएका छन् । वर्तमान कार्यसमितिका सचिव समेत रहेका खनालले गफ गर्नलाई होइन काम गर्नलाई उम्मेदवारी दिएको बताए ।
यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन यहीँ जुलाईमा हुँदैछ । आगामी कार्यकालका लागि यी दुवै उम्मेदवारले आफ्ना साझा एजेण्डाहरु समेत प्रस्तुत गरेका छन् । एजेण्डामा उनीहरूले नेपाली दुतावाससँग समन्वयन गर्नुपर्ने , ग्लोबल युथ कन्फ्रेन्स,विद्यार्थी छात्रवृत्तिको निरन्तरता स्टुडेन्टएपको प्रभावकारिता, कार्यक्रमहरुको वार्षिक क्यालेण्डर, करियर फेयर,संघमा खेलकुदको विकास, पारदर्शिता लगायतका एजेण्डाहरु समावेश गरेका छन् ।
‘आगामी २०२३–२०२५ नेतृत्वको लागि युवा संयोक र युवा उपाध्यक्ष पदमा उमेदवारी दिएका छौं । हामीलाई आशा र विश्वास छ, विगत र वर्तमानमा नेपाल र नेपाली समुदायप्रति गरेका कामहरूको मुल्यांकन गर्दै र हिजोका दिनदेखि आज सम्म जसरी यहाँहरु सम्पूर्णले हामीलाई अपार माया साथ, सहयोग, समर्थन दिनुभएको छ, त्यसरी नै अझै पनि त्यस्तै साथ सहयोग दिनुपर्ने बेला आएको छ ।’, जारी विज्ञप्तिमा भनिएको छ ।
करिब १६ बर्ष अगाडि उच्च शिक्षा हासिल गर्ने उदेश्यले अमेरिका पुगेको खानालले एनआरएनएको बोर्ड सदस्य, केन्द्रीय स्तरमा स्टुडेन्ट टास्क फोर्सको सह–संयोजक, हाल वर्तमान कार्य समितिमा सचिव हुँदै उपाध्यक्षको उम्मेदवार बनेका हुन् । भने थापा यसअघि समितिमा नरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार