पशुपति क्षेत्रमा गङ्गामाई जात्राको तयारी पूरा
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार ११:५२:१५
१० असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन गर्ने तयारी पूरा भएको कोषका सूचना अधिकारी एवं संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।
पूजा एवं हवन सकिएपछि आजै दिउँसो वाग्मती किनारस्थित गङ्गामाईको मन्दिरबाट पञ्चदेवल–वनकाली–गौशाला–जयवागेश्वरी–ताम्रेश्वर पश्चिम मूलढोका हुँदै बज्रघरसम्म रथ यात्रा गरिने उनले बताए ।
आज साँझ हनुमानढोका राजदरबारबाट जाने शार्दुल गङ्गा गणका सिपाहीले गङ्गाको मूर्ति र राजाको प्रतीक स्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा गर्ने परम्परा रहेको छ ।
जात्रा हेर्न उपत्यकासहित देशभरका मानिसको पशुपति क्षेत्रमा भीड लाग्ने गर्दछ । पशुपति क्षेत्रका प्राचीन जात्रामध्ये यो एक मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार