पोखराको लेकसाइड बजार २४ घण्टा खोल्ने पोखरा महानगरको घोषणा, प्लास्टिकजन्य वस्तु जलाउन निषेध
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १५:५४:५८
१० असार, पोखरा । पोखरा महागरपालिकाले पर्यटकको मुख्य आकर्षण केन्द्र फेवाताल आसपासका बजार (लेकसाइड) २४ सै घण्टा खोल्ने घोषणा गरेको छ ।
महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । २४ घटा खुला गर्न कार्यविधि बनाउने जानकारी दिए ।
साथै उनले फेवाताल संरक्षणमा सर्वोच्च अदालतले दिएको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन दिएको आदेश कार्यान्वयन गर्ने बताएका छन् ।
सर्वोच्चको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने उनले बताए । फेवाताल ६५ मिटर कायम गर्न र उक्त मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले असार ५ गते फैसला गरेको थियो ।
यस्तै, फेवातालसहित पोखराका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने महानगरले नीति लिएको महानगरले लिएको छ। ‘फेवा, बेगनास, रुपालगायत रामसार सूचीमा सूचीकृत तालहरुको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ मेयर आचार्यले भने ।
उनले बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी आवश्यक नीति बनाउने प्रतिवद्धता जनाएका छन् । त्यसनिम्ति जंगलमै बाँदरको ‘मन पर्ने’ बाली केन्द्रित अनुसन्धानात्मक परियोजना सञ्चालन गर्नेजनाएको छ ।
आगामी आर्थिक वर्षबाट पोखरामा चल्ने सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गरिने र २० वर्ष पुरानो सवारीसाधनलाई विस्थापन गर्ने मेयर आचार्यले बताए । साथै महानगरले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिबन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सार्वजनिक स्थललाई प्लास्टिकका झोला, पानीका बोत्तल बिसर्जन गर्ने र जलाउने कार्य निषेध गर्ने जनाएको छ ।
विद्यालय तहका विद्यार्थीलाई दिवा खाजामा वृद्धि गर्ने घोषणा गरिएको छ । सरकारले प्रावितहका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा खर्चमा १० रुपैयाँ थप गरी २५ रुपैयाँ पुर्याउने आचार्यले घोषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
जेठ ८, २०८१ मंगलबार
चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
जेठ ८, २०८१ मंगलबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार
बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार