विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड, राजश्वका शीर्षक बढाइयो
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १८:२२:३२
१० असार, मोरङ । कोशी प्रदेशका एकमात्र महानगर विराटनगर महानगरपालिकाले अआगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि वार्षिक बजेट आइतबार सार्वजनिक गरेको छ ।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको कुल बजेट ३ अर्ब २८ करोड रहेको छ । कुल बजेटमध्ये चालुतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
महानगरले योपटक चालु आवको भन्दा बजेट घटाएर ल्याएको छ । चालू आवका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजारको बजेट प्रस्तुत गरेको थियो ।
महानगरले दोश्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षबाट गर्भवती महिला, अपांगता भएका व्यक्ति र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको उपचारमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
यस्तै, महानगरले उठाउने राजश्व शीर्षकमा थप गरेको छ । अपुताली सिफारिस गर्दा २ हजार, व्यवसायिक बहालमा लागेको कोठाको ताल्चा फुटाउन २ हजार, दर्ता नभएको व्यवसायको हकमा ३ हजार रूपैयाँ कर तिर्नुपर्ने भएको छ ।
स्टेशनरी, प्रिन्टिङ, आल्मुनियम स्टिल व्यवसाय, फोटो स्टुडियो, रेकर्डिङ स्टुडियो, राइड सेयरिङ व्यवसायलगायतलाई महानगरले करको दायरामा ल्याउने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार