बालेन शाहविरुद्धको मुद्दा सुनुवाइकाे पेसी न्यायाधीश ढुंगानाको इजलासमा
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १३:४४:२३
११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध सर्वोच्चमा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ ।
यही असार ८ गते दायर रिट सुनुवाइका लागि न्यायाधीश ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । पेसी सातौं नम्बरमा परेको छ । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याइनेमा परेको थियो ।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै कारवाहीका लागि उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग रिटमा गरेकी छन् ।
बालेनले सामाजिक संजालमा ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा म अदालत र सरकार मान्दिनँ’ भनेर लेखेको सन्देशलाई हिन्दी फिल्मको विषयमा पाटन उच्च अदालतले दिएको आदेशसँग जोडेर अदालतको अपहेलना कसुर गरेको जिकिर रिट निवेदक झाले गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार