‘बगान’ बाट उदाउँदै प्रमिला
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १२:५७:२८
१३ असार, काठमाडौं । असार २९ गतेबाट नेपाली फिल्म ‘बगान’ प्रदर्शन हुँदै छ । अभिनयमा तीन दशकको अनुभव बटुलिसकेका अभिनेता सरोज खनाल यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । आफ्नो निर्देशकीय डेब्यु फिल्ममा उनले सामाजिक विषयवस्तुलाई उठान गरेका छन् । एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वसँगै फिल्ममा सामाजिक द्वित्व समेत समेटिएको छ ।
फिल्मको गीत र टिजर सार्वजनिक भइसकेको छ । जसबाट डेब्यु गर्ल प्रमिला कार्कीले आफ्नो अभिनयबाट दर्शकसँगै फिल्मकर्मीलाई समेत प्रभावित पारिरहेकी छिन् । यसमा नीर शाह, स्वयम् निर्देशक सरोज खनाल, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा, आकाश श्रेष्ठको अभिनय रहेको छ । यी सिनियर र अनुभवी कलाकारको भिडमा समेत टेलिभिजनकर्मीको रुपमा परिचित प्रमिला आफ्नो काममार्फत नोटिस भएकी छिन् ।
‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनय सम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरें । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता बढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’
फिल्ममा उनले प्राप्तीको भूमिका निर्वाह गरेकी छिन् । जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडि नपर्ने, जस्तो स्वभाव प्राप्तिमा छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुस गरेकी छु,’ प्रमिलाले भनिन्, ‘म ठूलो पर्दामा देखिँदैछु भन्ने भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनी टेलिभिजनमार्फत पनि महिला शशक्तिकरणका विषयमा आवाज उठाइरहेकी हुन्छिन् ।
सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केहि असहज जस्तो महसुस भएता पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ । ‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरूले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् ।
म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनि आफ्नो पात्रमार्फत युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउछिन् । ‘स– परिवार नै हेर्नु पर्ने फिल्म बनेको छ । परिवारमा एउटी महिलाले चाहने साथ र समाजमार्फत राखेको अपेक्षा प्रस्तुत गरेका छौं । यसलाई परिवार र समाजले बुझ्नु जरुरी छ । यो सम्पूर्ण परिवारको लागि बनेको फिल्म हो’, प्रमिलाले भनिन् ।
परिवर्तनलाई आफू र आफ्नै घरबाट सुरुआत गर्नु पर्ने बताउने प्रमिलाले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको निर्देशक खनालले बताए । ‘यसमा प्रमिलाले सबैलाई चकित बनाउने काम गरेकी छिन् । एउटा कलाकार र डेब्यु निर्देशक भएकाले उनीसँग काम गर्दा सहजता महसुस गरे । छायांकन अगाडि उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन्’, निर्देशक खनालले भने ।
सुरेश वाग्ले र विनोद मानन्धरको निर्माण रहेको फिल्ममा स्वप्न नीरवको कथा, गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन् । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
'पूजार सार्की' र 'फर्की फर्की' एक साथ रिलिज
जेठ १०, २०८१ बिहिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार