मौरी सहितको घार र महबाट एघार लाख आम्दानी
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १७:४५:२
१३ असार, तनहुँ । ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट रु एघार लाख आम्दानी गरेका छन् । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट रु दस लाख र मह बिक्रीबाट रु एक लाख बराबरको आम्दानी गरेको उनले जानकारी दिए ।
तीन वर्षअघि मौरीपालन फर्म दर्ता गरी व्यवसायमा लागेका किसान मगरले मौरीसहितको घार रु दस हजारमा बिक्री गर्ने गरेको जानकारी दिए । यसवर्ष मह उत्पादन कार्यलाई भन्दा मौरीसहितको घार बिक्रीलाई प्राथामिकता दिइएका कारण मह उत्पादन घटेको भएको उनले बताए ।
मह प्रतिमाना रु एक हजारमा बिक्री हुने गरेको छ । फार्ममै आएर मानिसले मह लैजाने गर्दा बिक्रीका लागि बजारको कुनै समस्या छैन्, किसान मगरले भने “आउँदा वर्षमा मह उत्पादन कार्यलाई प्राथामिकता दिने सोच बनाएको छु ।” सुरुमा रु तीन लाख खर्च गरेर सेरेना जातको मौरी पाल्न थालेका उनले राम्रै आम्दानी गरी घरखर्च र बैकको किस्ता तिर्नसमेत सहज भएको बताए ।
यतिबेला किसान मगरकोे फार्ममा एक सयका हाराहारीमा मौरीका घार छन् । मौरीपालनबाट आफू सन्तुष्ट रहेको बताउँदै उहाँले स्वदेशमै बसेर परिश्रम गर्न सक्ने हो भने पैसा कमाउन विदेशिनु पर्दैन भने। सदरमुकाम दमौलीमा करिब पन्ध्रवर्ष फर्निचरको शोरुम राखेर व्यापार गरेका कृषक मगर खासै उपलव्धि नभएपछि उक्त व्यवसाय छाडेर वैकल्पिक पेसाको रुपमा मौरीपालनतर्फ लागेका हुन् ।
मौरीपालन व्यवसायमा काम गर्न सजिलो हुने, थोरै लगानी भए पुग्ने, शारीरिक कसरत गर्न नपर्ने र थोरै जनशक्तिले काम गर्न सकिनेजस्ता कार्यले आफू यसतर्फ आर्कर्षित भएर लागेको उनले बताए । यसवर्ष लक्ष्यअनुसारको आम्दानी गर्न सफल भएको छु, किसान मगरले भने,“आगामी बर्ष अझ यस व्यवसायलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने योजनामा लागेको छु ।”
मौरीपालन व्यवसायमा घरपरिवारले पनि साथ दिँदा काम गर्न सहज हुनाका साथै अघि बढ्न थप हौसला मिलेको उनले जानकारी दिए। आफूले व्यवसाय थालेको तीन वर्ष वितिसक्दा पनि कुनै पनि निकायबाट अनुदान पाउन नसकेको हुँदा किसानलाई टिकाउन स्थानीय सरकारले अनुदान कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने किसान मगरको गुनासो थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार