जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १६:२१:९
१४ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका-४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी कीर्तिपुर नगरपालिका-१ चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ट्याङलाफाट डेरा गरी बस्ने नवलपरासी मध्यबिन्दु नगरपालिका-१५ घर भएका ३३ वर्षीय नबिन शर्मा डोटेलसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार