नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो पन्छाउने काम जारी, सडक रातभर नखुल्ने
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार २२:१७:२७
१४ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा आज दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुङ्गा खसेपछि पन्छाउन सकिएको छैन । सुख्खा पहिरोसँगै ढुङ्गा खसिरहेकाले शुक्रबार बिहानदेखि पहिरो पन्छाइने भएकाले रातभरि सडक अवरुद्ध हुने भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ढुङ्गा खसिरहेकाले बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम सुरु गरिने भएको छ । पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका छन्।
प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुङ्गा खसेर लाग्दा शाह घाइते भएका हुन्। घाइते शाहलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोमसोममा निर्माण भएको बसपार्क सञ्चालन
असोज ३, २०८१ बिहिबार
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
असोज २, २०८१ बुधबार
इटहरीमा सुरु भयो बिजुली बस सेवा
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार