कमलादीबाट नेशनल ट्रेडिङसम्म इच्छुमती सफाइ सुरु
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १२:४८:४८
१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो ।
सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चार/चार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडा सदस्य वीरेन्द्र महर्जनले राससलाई जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती सफाइका लागि रू १० लाख बजेट विनियोजन गरिएको छ ।
वडाले स्काभेटर लगाएर नदी सफाइ गर्नुका साथै नदी वरपरका रुख र बिरुवाले नदी छोप्न लागेकामा त्यसलाई काटेर सफा गरिएको वडासदस्य मनिष तण्डुकारले बताए । यस क्षेत्रमा पद्मकन्या क्याम्पस, शङ्करदेव क्याम्पस, समाज कल्याण परिषदले नदीको मापदण्ड मिचेर संरचना बनाएको वडा कार्यालयले जनाएको छ ।
इच्छुमती नदीको मापदण्ड पालनाका लागि महानगरसभामा पनि कुरा उठाउने वडाध्यक्ष भाइराम खड्गीले बताए । महानगरीय प्रहरी लगाएर भए पनि मापदण्ड कायम गराउन लागिपर्ने उनको प्रतिबद्धता छ । उच्च अदालत पाटनले इच्छुमतीलाई नदी नै हो भनी निर्णय गरेपछि यसको सफाइसँगै मापदण्ड पालना गराउन सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार