‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १६:५७:२६
काठमाडौं । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ ।
चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।
दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्षसम्ममा बाँकी सडक निर्माण सक्ने योजना रहेको उनले बताए ।
उनका अनुसार सडकको मापदण्डभित्रै रहेका घरटहरा नहट्दा काममा बाधा पुगेको छ । उहाँले भन्नुभयो, “यी घरटहरा हटेमा बाँकी काम चाँडो सकिनेछ ।”
चक्रपथको भित्र र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको इञ्जिनीयर शर्माले बताए । सो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन लेन छन् ।
मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर दुई लेनको छ । मुख्य र सहायक गरेर आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । समूहले गत पुसमा नै नेपाल सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ ।
सो सडक निर्माणले चक्रपथमा आवतजावत सहज भए पनि सर्भिस ट्र्याक बनिनसकेकाले मुख्य सडकमा छिर्न कठिन भएको स्थानीयवासी बताउँछन् ।
चीन सरकारले नै अहिले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार