झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई
असार १७, २०८० आइतबार १२:१७:४७
१७ असार, काठमाडौं । २० ओै राष्ट्रिय धान दिवस देशैभरी विभिन्न तरिकाले मनाइएको छ । देशका प्रधानमन्त्रीदेखि पुर्व प्रधानमन्त्री समेतको उत्साहजनक सहभागिताले राष्ट्रिय धान दिवसको महत्त्व र गरिमालाई अझ बढाउँदै लगेको देखिन्छ । जिल्ला जिल्लामा किसान संघसंस्थाहरू र त्यसमा सहभागी भएका सामाजिक व्यक्तित्वहरूले राष्ट्रिय धान दिवसलाई राष्ट्रिय मान्यता प्रदान गरेको देखिन्छ । सामूहिक रुपमा रोपाई गरेर र दही चिउरा खाएर मनाइएको राष्ट्रिय धान दिवसले बिग्रिएको सामाजिक एकतालाई समेत जोड्दै लान थालेको र परम्परागत संस्कृतिलाई जगेर्ना गर्दै लगेको देखिन्छ ।
नेपाल आफैंमा कृषि प्रधान मुलुक हो । नेपालका अधिकांश राजनीतिक दलका नेताहरू किसानको प्रतिनिधित्व गर्दै उडाएका हुन् । तर पनि कृषि पेसालाई व्यवसायिककरण गर्न अझै सकिरहेका छैनन् । यसले आम किसानहरूको उत्पादनले उचित मूल्य पाउन नसक्नु, उचित बजार पाउन नसक्नु, भारतीय उत्पादनलाई नेपाली वजारबाट विस्थापित गराउन नसक्नु, चुनौतीको रुपमा रहेको देखिन्छ । राष्ट्रिय धान दिवसले नेपालमा आम किसानहरूको मनोबल बढाउनुका साथै किसान प्रति राज्यको आँखा पुग्न सकेको रुपमा लिन सकिन्छ ।
देशमा किसानको हक हितका लागि लामो समयदेखि नेपाल किसान महासंघ लड्दै आइरहेको छ । महासंघले किसानका समस्याहरू समाधानका लागि समय समयमा सरकारलाई घचघच्याई रहेको छ । देशमा किसानले कति दुःख गरेर धान उत्पादन गर्छन् ? भन्ने कुराको स्थल गत रुपमै अवगत गराउन झापामा नेपाल किसान महासंघले राष्ट्रिय धान दिवस मनाएको नेपाल किसान महासंघका कोशी प्रदेश सभापति राजेन्द्र भट्टराईले नेपालबहसलाई बताएका छन् ।
यही असार १५ झापाको दमकमा महासंघले राष्ट्रिय धान दिवस मनाएको हो । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेबेको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय धान दिवसको अध्यक्षता नेपाल किसान महासंघका कोशी प्रदेश सभापति राजेन्द्र भट्टराईले गरेका थिए । नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्र नं. ५ का क्षेत्रीय सभापति ढुंढीराज भण्डारी, प्रदेश 'ख' सभापति रवि के.सी. दमक नगर पालिकाकी उपपरमुख रेगिना भट्टराई प्रसाईं, महाधिवेशन प्रतिनिधिहरु शुरेस सुब्बा, राजन कुमार ढुंगाना समेतको बिशिष्ठ आतिथ्यता रहेको राष्ट्रिय धान दिवस कार्यक्रमको सम्पूर्ण संयोजन नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईलले गरेका थिए ।
नेपाल किसान महासंघ जिल्ला कार्य समितिका उपाध्यक्ष मेदिनी प्रसाद सिटौलाले ओैपचारिक रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा दमक नगर पालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्षहरु राजेन्द्र भण्डारी र पुण्यप्रसाद दाहालको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक सिटौलाले बताए । उक्त धान दिवसमा दमक र आसपासका पालिकाहरुका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू, स्थानीय संघसंस्थाका पदाधिकारी तथा सदस्यहरू, समेत गरि झन्डै २५० जनाको सहभागिता रहेको नेपाल किसान महासंघका कोशी प्रदेश प्रमुख राजेन्द्र भट्टराईले बताएका छन् ।
किसानका समस्याहरूका विषयमा संघीय सरकारलाई दवाब दिन जिल्ला भरिका नगर तथा गाउँ पालिकालाई २० बुँदे ज्ञापनपत्र बुझाएको बताउने महासंघ कोशी प्रदेश प्रमुख भट्टराईले कृषि प्रधान देशमा किसान नै मारमा पर्नु अनौठो रहेको बताएका छन् ।
राजनीतिक दलहरूको प्रत्यक्ष संलग्नताले यस वर्षको धान दिवस विगतका धान दिवस भन्दा प्रभावकारी देखिएको छ । राजधानीमा बसेर गमलामा धान रोपेर विगतमा बदनामी कमाएका राजनीतिक दलका नेताहरू समेत यस वर्षको धान दिवसमा हिलोमा पसेर धान रोपेको देखिँदा देश सञ्चालनमा रहेका दलहरूको ध्यान किसानका समस्याहरूमा परेको आभास गर्न सकिन्छ । असार १५ मा किसानका खेत-खेतमा पुगेका नेताहरूलाई किसानले भोगेका समस्या र पाएका दुःखका बारेमा पनि ध्यान जाओस् भन्ने कुरा किसानहरूले नेताहरूलाई बताएका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार