कर्णालीमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच लिखित सहमतिपछि बैठक सुचारू
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १८:१२:५०
१७ असार, सुर्खेत । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै कर्णाली प्रदेशसभाको अवरोध हटेको छ ।
सभामुख नन्दा गुरुङको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायत विषयमा प्रमुख प्रतिपक्षी एमालेसँग सहमति भएपछि अवरोध हटेको हो ।
यसअघि एमालेले बजेट एकलौटी र विभेदकारी भएको भन्दै संशोधनको माग राख्दैबैठक अवरुद्ध गर्दै आएको थियो । चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँभन्दा कम रकमका योजनामा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने सहमति भएको छ ।
सडक र भवन निर्माण योजनामा ३० लाखभन्दा कम रकम विनियोजित भए त्यस्ता योजना कार्यान्वयन नगर्ने, सशर्त अनुदानको नाममा सङ्घीय सरकारबाट विनियोजन भएका स–साना योजनाहरूमा निश्चित मापदण्डको आधारमा मात्र प्रदेश सरकारले सशर्त गर्ने, संघबाट भएका योजनामाथिको रकम सशर्त रुपमा मात्र रकम विनियोजन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्नेलगायत सहमति भएको छ ।
सहमतिपत्रमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
सहमतिपछि अर्थमन्त्री वेदराज सिंहले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको छ ।
यता बाग्मती प्रदेशमा पनि प्रतिपक्षी एमालेले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै नाराबाजीसाथ बजेटमाथि छलफल हुन दिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार