आठौँ राष्ट्रिय खेकलकूद प्रदेश नं ५ मा जारी : आज नौ खेल हुँदै
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १७:९:३९
काठमाडौं । प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत शुक्रबार नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भएको हो ।
आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ले जनाएको छ ।
आजै दाङको घोराही कभर्ड हलमा टेबलटेनिस, बास्केटबल, कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हक्की, नेपालगञ्जको कभर्ड हलमा फेन्सिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।
आठौँ राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकूदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टोली पनि पहिलोपटक सहभागी हुँदैछ ।
प्रतियोगितामा महिला पुरुष गरी पाँच हजार २११ खेलाडीले ३७२ स्वर्ण, त्यति नै रजत र ५६३ कास्य पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
आइपिएलको फाइनल आज, उपाधिका लागि कोलकाता र सनराइजर्स भिड्दै
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार