आजदेखि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:४४:५१
१९ असार, काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ मंगलबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । यस कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।
जसअनुसार यस कम्पनीले १ सयअंकित मूल्यमा ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको छ । उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं। ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन भएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला भएको हो ।
स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै शेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने वैशाख २५ गतेभित्र आवेदन दिन पाउनेछन् । रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार