प्राधिकरणका महानिर्देशक अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच टसल
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १७:४५:३९
१९ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट बर्खास्त गर्ने कि कारवाही स्वरुप अन्यत्रै सरुवा गर्ने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीबीच मतभेद देखिएको छ ।
पर्यटनमन्त्री किराती महानिर्देशक अधिकारीका प्राधिकरणभित्र धरै कर्तुत भेटिएको, विभिन्न चरणमा जिम्मेवारीमा बसेर काम गर्दा आर्थिक लाभ लिएर काम गर्ने गरेको तथ्य पाइएकाले प्राधिकरण वा अन्य निकायमा सरुवा गर्दा यस्तै प्रबृति दोहोरिने भएकाले बखास्त नै गर्नुपर्ने पक्षमा रहेको मन्त्रालय स्रोत बताउँछ । तर, प्रधानमन्त्री प्रचण्ड भने महानिर्देशक अधिकारीलाई विभागिय कारवाही गरेर छाड्नपर्ने पक्षमा देखिएका छन् ।
मन्त्री किरातीले अधिकारीलाई बर्खास्तको प्रस्ताव मन्त्रिपरिषदमा लागि तयारीमा छन् । लामो समयदेखि मन्त्री किराती र प्राधिकरणका महानिर्देशक अधिकारीबीच पानी बाराबारको स्थिति छ । अधिकारीले पछिल्लो समय मन्त्रालय र मन्त्रीस्तरबाट आएका निर्देशनहरु लत्याउँदै आएका छन् । मन्त्रालयको निर्देशन नमानेपछि मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।
अधिकारीले स्पष्टीकरणको जवाफसमेत नर्फकाएपछि बर्खास्त गर्नुपर्ने निवेदन लिएर किराती प्रधानमन्त्री प्रचण्डसामू पुगेको थिए । किरातीले बर्खास्त नै गर्नुपर्ने अडान राखेपछि प्रधानमन्त्रीले उनलाई केही बेर सम्झाउने प्रयास पनि गरेका थिए । बिबाद सहतमा आइसकेको र एउटा कर्मचारीको विषयलाई लिएर आफूले धेरै तनाव लिनुपरेको मन्त्री किरातीको भनाई थियो ।
प्रधानमन्त्रीले बर्खास्त गर्दा अरु कुरामा पनि विचार गर्नुपर्छ भनेपछि मन्त्री किरातीले यही प्रस्ताव मन्त्रिपरिषदको बैठकमा ल्याउने र सवै मन्त्रीकासामू राखेर छलफल गर्नुपर्ने भन्दै बाहिरिएका थिए । यसरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जसरी पनि बर्खास्त गरेर हटाउने अडानमा रहेका मन्त्री किरती र बखास्ती गर्दा सोच्नपर्छ भन्ने प्रधानमन्त्रीबीच मतभेद देखिएको हो ।
मन्त्री किरातीले ७ दिने अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेको समय सोमबार सकिएको छ । स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई बर्खास्त गर्न किरातीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग मंगलबार भेटेका हुन् । बालुवाटार पुगेका किरातीलाई अहिले अधिकारीलाई बखास्त नै गर्ने कुरामा जोड नगर्न भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार