अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँट कहिले ?
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:९:५०
२० असार, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरीएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार (असार २२ गते) आईपीओ बाँडफाँटको तयारी गरिएको छ ।
यसमा मागभन्दा २५।८८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ८२ हजार ४६३ जनाले कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ५३ हजार ९५० जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता शेयर आइपीओ मध्य ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ । गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार