वर्षा सुरु भएसँँगै बाँकेका किसान खेतीपातीमा व्यस्त
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १४:१३:१९
२० असार, खजुरा । वर्षा सुरु भएसँँगै किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् ।
बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यहाँ अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताए । उनका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन् ।
“पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको छ”, कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भने, “सिँचाइ सुविधा पुगेको ठाउँमा केही किसानले मात्रै रोपाइँ सुरु गरेका छन् ।” उनले रोपाइँका लागि अझै समय रहेको भन्दै किसानलाई नआत्तिन आग्रह गरे । साउनमा रोपाइँ गरे पनि उत्पादन हुने उनको भनाइ छ ।
आकाशे पानीको भरमा रहेका यहाँका किसानले पानी परेपछि अहिले धमाधम धानको बीउ राख्न थालेका छन् । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधाको अभावमा समयमा रोपाइँ गर्न नसकिएको बाँकेको डुडुवा गाउँपालिका–२ का किसान वृजमोहन गुप्ता बताउँछन् ।
समयमै पानी नपरेपछि किसानले बोरिङबाट धानको बीउ राख्ने गरेका छन् । थोरै क्षेत्रफलमा रोपाइँ गर्ने किसानले बोरिङको प्रयोगबाट नै रोपाइँ गर्छन् । ठूलो क्षेत्रफलमा रोपाइँका लागि आकाशे पानीको विकल्प छैन । सिँचाइ र मलको अभावमा यहाँका किसानले समयमा धान रोपाइँ गर्न नसकेको किसान अगुवा डुडुवाका राधेश्याम वर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार
कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम
जेठ ९, २०८१ बुधबार