विश्वकप : नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १८:२०:३८
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।
यहिँ अप्रिल महिनाको नयाँ वरीयतामा ४६ एसियाली राष्ट्रमध्ये शीर्ष ३४ मा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले जनाएको छ ।
एसियाली फुटबल महासंघ एएफसीले दोस्रो चरणको छनोटबारे नेपाललाई जानकारी गराईसकेको एन्फाका मिडिया अधिकृत आयुस खड्काले खेलपाटीलाई जानकारी गराए ।
ुएएफसीले समूह विभाजन अघिको मेकानिजमबारे एन्फालाई जानकारी गराएको छ । नेपालले एएफसीको शीर्ष ३४ मा परेपछि सिधै दोस्रो चरण खेल्ने मौका पाएको हो, मिडिया अधिकृत खड्काले भने ।
फिफाले गत अप्रिल ४ मा निकालेको वरीयतामा नेपाल १६१ औं स्थानमा रहेको थियो । उक्त वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो ।
एन्फाका मिडिया अधिकृत खड्काको अनुसार एएफसी वरीयताको ३५ देखि ४६ औं स्थानको राष्ट्रले भने पहिलो चरणको प्ले अफ खेल्ने छन् । आगामी जुनमा हुने पहिलो चरणको प्ले अफबाट ६ टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरणको छनोटमा शीर्ष ३४ र प्ले अफबाट आएका ६ गरी ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने दोस्रो चरणको छनोट सेप्टेम्बरमा हुनेछ ।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो । नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो ।
दक्षिण एसियाली राष्ट्रबाट ३ टोलीले मात्र सिधै दोस्रो चरणमा स्थान बनाएका छन् । नेपालसहित भारत र माल्दिभ्सले सिधै दोस्रो चरणको छनोट खेल्ने छन् ।
दोस्रो चरणमा छनोट हुने राष्ट्रहरु:
इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, युएई, साउदी अरेबिया, चीन, इराक, सिरिया, उज्वेकिस्तान, लेबनान, ओमान, किर्गिस्थान, जोर्डन, भियतनाम, प्यालेस्टाइन, भारत, बहराइन, थाइल्याण्ड, ताजकिस्तान, उत्तर कोरिया,फिलिपिन्स, चाइनिज ताइपे, तुर्केमिनिस्तान,म्यानमार, हङकङ,यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, इन्डोनेसिया, सिंगापुर, नेपाल
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार