आईजीपीले भगाएका घुमुवालाई डीआईजीको साथ
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार १२:२७:१५
२२ असार, काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले तराई-मधेशमा बर्षाैदेखि रहेका घुमुवा प्रहरीको सरुवा गरेपछि अहिले प्रदेश डीआईजीहरुले पुराना घुमुवालाई काजमा फिर्ता गर्न लागि परेका छन् । लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका प्रहरीलाई काज भए दरबन्दी फिर्ता र दरबन्दीमा भए त्यहाँबाट अर्को ठाउँमा काज पठाएको भएपनि मधेश प्रदेशमा रहेका प्रहरीहरू काज वा सरूवा फिर्ता गर्ने कोशिसमा लागेका हुन् ।
कुँवर आईजीपी भएपछि पनि उनले संगठनभित्र आन्तरिक शुद्धीकरण गर्न सूक्ष्म रुपमा एआईजीको नेतृत्वमा सातै प्रदेशमा अनुगमन टोली खटाएको र टोलीले दिएको रिपोर्टको आधारमा सादा पोशाकका कर्मचारीलाई लामो समयसम्म राख्न नहुने सुझाव दिएपछि सो सुझावलाई कार्यान्वयनमा लगेका थिए ।
सादा पोशाकमा सूचना संकलन गर्न खटाइने जनशक्तिको दुरुपयोग हुने गरेको र जिल्ला तथा चौकी इन्चार्जले उनीहरूलाई अतिरिक्त कमाइका लागि दुरुपयोग गरेको विषयमा प्रहरीभित्र लामो समयदेखि विवाद रहेको थियो । सो विषयमा आईजीपी कुँवरले लामो समयदेखि कार्यरत र दरबन्दी अन्यत्र भएका प्रहरीलाई काज फिर्ता वा सरुवा गरिदिएपछि प्रदेश डीआईजी र जिल्ला प्रहरी कार्यालयका एसपीहरूको अतिरिक्त आम्दानीको स्रोत नै सुकेको थियो ।
मधेश प्रदेशमा अनुगमनमा खटिएकी एआईजी मिरा चौधरीले पर्साका वरिष्ठ सई विनोद सिंह, बाराका सागर राणासहित २९ जना लामो समयदेखि कार्यरत प्रहरीलाई सरुवा गर्न सिफारिस गरेकी थिइन् । जुन सिफारिस अनुसार सरुवा भइसकेको छ । तर महोत्तरी र पर्सामा केही घुमुवाहरुको सरुवा भएपनि उनीहरू अहिले पनि त्यही कार्यरत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा लामो समय कार्यरत सादा पोशाकका हवल्दार सुरेन्द्र कुमार साहलाई आईजीपी कुँवरकै शुद्धीकरण अन्तर्गत गएको चैत अन्तिममा दंगा गण हेटौंडामा सरुवा गरिएको थियो । तर बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी किरण राणाले ३ महिनामै उनलाई मकवानपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएकी छन् ।
प्रदेशको प्रमुखमा सरुवा भएपछि आफूलाई कडा रुपमा प्रस्तुत गर्दै आएकी बागमती प्रदेशका डीआईजी किरण राणाले साहलाई सुरुमा गणमा तानेर अहिले उतै लगेकी छिन् । सुरेन्द्र कुमार साह चितवन र मकवानपुर दुवै जिल्लाका प्रहरी प्रमुख मात्र होइन, प्रदेश हुँदै प्रहरी मुख्यालयको उच्च तहसम्मै सेटिङ मिलाउन माहिर प्रहरी हुन् । त्यसै गरी, मकवानपुरमा ९ बर्षदेखि सादा पोशाकमा खटिएका असई नवीनकुमार थापा पनि डीआईजी राणाका निकट पात्र रहेका छन् ।
आईजीपीले भगाएका घुमुवाहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार