विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार १४:६:३४
२२ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका(१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागुऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका(६ बस्ने २४ वर्षीय शेफ खानलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका(७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागुऔषध खैरो हिरोईन ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय रोहित बुढा थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगपालिका-३ ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदाबरी नगरपालिका(७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका(२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका-१ धनगढीस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलीग्रामसहित सोही नगरपालिका(५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका-३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार