गुगलले गर्न नसकेको काम गर्ने नेपाली स्टार्टअपले पायो स्टार्टअप वर्ल्ड कपको ताज
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार १७:४:४०
२२ असार, काठमाडौं । गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ। बिहिबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरू सबैलाई पछि पार्दै नेपाल च्याम्पियनको ताज जितेको हो ।
देशभरका स्टार्टअपहरु बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जना बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो । विश्वभरका लगभग १०० देशहरूमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हव नेपालले आयोजना गरेको हो ।
अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरू सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।
स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वल्र्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरुलाई प्रवर्द्धन गर्न र उनीहरूको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताए ।
स्टार्टअप वल्र्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरे। स्टार्टअप वल्र्डकपको बिहिबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरुमा alli map, Quickfox consulting, Diyo AI, Aster Innovation,Kleanit upcyclers रहेका छन्
बिजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालीमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
मस्क टेस्लाका ६ हजारलाई कर्मचारीलाई बर्खास्त गर्ने तयारीमा
बैशाख १९, २०८१ बुधबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार