यू–१९ विश्वकप : नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १९:१२:३३
एजेन्सी । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’ यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । सिङ्गापुरविरुद्ध बनाएको यो स्कोर यू–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठूलो स्कोर हो ।
खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।
कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिए ।
नेपाल सीधै विश्वकप छनोटको दोस्रो चरण्मा
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले सीधै दोस्रो चरणको छनोट खेल खेल्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले आज सार्वजनिक गरेको फिफा वरियताको एशियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।
यही अप्रिलको नयाँ वरियतामा ४६ एशियाली राष्ट्रमध्ये शीर्षमा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ ले जनाएको छ । एशियाली फुटबल महासङ्घ९एएफसी०ले दोस्रो चरणको छनोटबारे नेपाललाई जानकारी गराइसकेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
फिफाले गत अप्रिल ४ मा निकालेको वरियतामा नेपाल १६१ औंँ स्थानमा थियो । उक्त वरियतानुसार नेपाल एएफसी वरियताको ३४ औंँ स्थान रहन सफल भएको थियो ।
वरियताको ३५ देखि ४६ औंँ स्थानको राष्ट्रले भने पहिलो चरणको प्ले अफ खेल्नेछन् । आगामी जूनमा हुने पहिलो चरणको प्ले अफबाट छ टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणको छनोटमा शीर्ष ३४ र प्ले अफबाट आएका छ गरी ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाइने दोस्रो चरणको छनोट आगामी सेप्टेम्बरमा हुनेछ ।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सीधै दोस्रो चरण खेल्न पाएको हो । नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो । दक्षिण एशियाली राष्ट्रबाट नेपालसहित भारत र माल्दिभ्सले सीधै दोस्रो चरणको छनोट खेल्ने छन् ।
फिफाका अनुसार दोस्रो चरणमा छनोट हुने एशियाली राष्ट्रमा नेपाल, इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, युएई, साउदी अरेबिया, चीन, इराक, सिरिया, उज्वेकिस्तान, लेबनान, ओमान, किर्गिजस्थान, जोर्डन, भियतनाम, प्यालेस्टाइन, भारत, बहराइन, थाइल्याण्ड, ताजकिस्तान, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेह ‘ताइवान’, तुर्कमिनिस्तान, म्यानमा, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, इण्डोनेसिया र सिंगापुर छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार