अविरल वर्षाका कारण डोटीका ग्रामीण सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १३:४३:४९
२४ असार, दिपायल । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ ।
पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि सास्ती भोग्दै आएका छन् । वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुनालेखबाट घागल, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुडिसल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामानडौँ सडक, दिपायलबाट केआइसिंह गाउँपालिका हुदैँ बोगटान फुड्सिल गाउँपालिकासम्मको ग्रामिण सडक, जोरायल गाउँपालिकाको बिपीनगर खसरेबाट गड्सेरा सडक, खड्यौलीदेखि मन्नाकापडीको बरलगाउलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने कतिपय सार्वजनिक यातायातका यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिराका कारण सहजपुर–बिपीनगर हुँदै बोगटनको छिडीखानसम्म चल्ने बस तथा जीप बन्द रहेका छन् । साथै बाग्छेडाबाट बोगटान फुडिसलसम्म जाने कच्ची मार्गमा समेत दुई हप्तादेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय दिपेन्द्र बोहराले बताए ।
घाम लागे धुलो हुने पानी परे हिल्याम्मे हुने जिल्लाका ग्रामीण सडक वर्षात्का कारण अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएकाले विकास निर्माणका सामग्रीसँगै दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या भइरहेको बडीकेदार–५ का वडासदस्य भीम बोहराले बताए । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्र्याक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको बडीकेदार–५ का बासिन्दा लक्ष्मण रम्तेलले बताए ।
ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदारका स्थानीय मीन शाहले बताए । अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेकाले पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको शाहले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार