अन्तरबैंक ब्याजदर घट्ने क्रम जारी, १० अर्ब रुपैयाँ प्रशोचन
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १७:४४:३
२४ असार, काठमाडौं । बैंकहरुको अन्तरबैंक ब्याजदर घट्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले यही असार २२ गतेसम्म अन्तरबैंक ब्याजदर १.६ प्रतिशतमा झरेको जनाएको थियो । अहिले त्यसबाट पनि झरेर १ प्रतिशतमा पुगेको जनाएको छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि अन्तरबैंक ब्याजदर पनि घट्दै गएको हो । निक्षेपभन्दा निकै मात्रामा ऋण प्रवाह कम भएको तथ्यांक राष्ट्र बैंकले दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीच अहिले एकआपसबाट सापटी लिनुपर्ने अवस्था नै नरहेको बैंकहरुले जनाएका छन् । एकापसमा सापटी लिने ब्याजदर नै अन्तरबैंक ब्याजदर हो । बैंकहरुमा तरलता बढी भएपछि बैंक तथा वित्तीय संस्थाले अर्को बैंकबाट सापटी लिनु परेको छैन । सापटीको माग नहुँदा उनीहरूले ४ प्रतिशतभन्दा सस्तो दरमा अर्को संस्थालाई सापटी दिन थालेका छन् । पछिल्लो समयमा आवश्यक लगानीयोग्य रकमभन्दा ४० अर्ब रुपैयाँ बढी पैसा थुप्रिएको बताइन्छ । कर्जा माग हुँदा बैंकमा पैसा थुप्रिएको हो ।
ऋणको ब्याजदर पनि एकल अंकमा झारिसकेको छ । यस्तो अवस्थामा ऋण माग खासै हुन सकेको देखिँदैन । ऋण लिँदाको समयभन्दा बिचमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउने र ब्याजको स्याज समेत जोडेर असुल्न थालेपछि निजी क्षेत्रबाट ऋण माग निकै कम हुन पुगेको छ । अर्काेतर्फ उपभोक्ताको उपभोग क्षमता पनि ह्रास हुँदा निक्षेप बढेको देखिन्छ ।
असार १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब ३० अर्ब रुपैयाँ र कर्जा लगानी ४८ खर्ब ६२ अर्ब रुपैयाँ थियो । त्यसपछिका ४ दिनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २८ अर्ब रुपैयाँले बढेको छ । यसमा वाणिज्य बैंकतर्फ मात्रै २६ अर्ब रुपैयाँले बढेको हो । ।
असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ भने सोही दिनसम्ममा कुल कर्जा लगानी ४३ खर्ब १ अर्ब रुपैयाँ रहेको छ । असार १९ गतेसम्म कुल कर्जा लगानी ४३ खर्ब ३ अर्ब रुपैयाँ थियो ।अन्तरबैंक ब्याजदर कायम गर्ने दायित्व बोकेको नेपाल राष्ट्र बैंकले अन्तर बैंक ब्याजदरलाई ४ देखि ७ प्रतिशतको सीमाभित्र राख्ने भनेको छ ।
पछिल्लो समय अन्तर ब्याजदर ४ प्रतिशतभन्दा तल झरेपछि ब्याजदर कोरिडोरको तल्लो विन्दुभन्दा पनि तल झरेको छ । अन्तर ब्याजदर कायम गर्न राष्ट्र बैंकले ब्याजदर कोरिडोरको सहायता लिने गर्दछ । बजारमा अधिक तरलता ४० अर्ब रुपैयाँ नाघ्दा अन्तर बैंक ब्याजदर कोरिडोरको तल्लो विन्दुभन्दा कममा झरेको राष्ट्र बैंकले जनाएको छ । यसरी अन्तर ब्याजदर निकै तल ओर्लनु पनि अर्थतन्त्रमा राम्रो सूचक मानिदैन । वित्तीय स्थायित्वमा समेत प्रभाव पर्छ ।
अन्तर ब्याजदर कम विन्दुमा झर्न थालेपछि बजारमा रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन (खिच्ने) गर्नु परेको केन्द्रीय बैंकले जनाएको छ । बजारमा तरलता (लगानीयोग्य रकम अभाव) भएमा राष्ट्र बैंकले छोटो अवधिका लागि रिपोमार्फत बैंक तथा वित्तीय संस्थालाई रिपोमार्फत पैसा पठाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार