दैनिक २० पटकसम्म विद्युत जाँदा स्थानीय उपभोक्ता समस्यामा
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १३:२८:२४
२८ असार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पूर्वसूचनाबिना विद्युत जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ ।
मध्यविन्दु–३ का रामचन्द्र पौडेलले बिना सूचना झ्याप–झ्याप्प विद्युत कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको बताए । “सूचना बिना विद्युत कटौती हुने गरेको छ । यसरी झ्याप्प बत्ती जाने र आउने गर्दा धारामा जडान गरिएको मोटर नै बिग्रियो”, उनले भने, “जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको छ ।” कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पङ्खा, फ्रिज, मोटरलगायतका विद्युतीय उपकरणमा बिग्रने गरेको उनले बताए।
“लोडसेडिङ कटौती भयो भन्नुमात्रै भएको छ”, उनले भने, “तर लोडसेडिङको तालिका भने नदिँदा अहिले कुन बेला बत्ती जाने हो, कुन बेला आउने हो पत्तै हुँदैन, यसको मार विद्युतीय उपकरणमा परेको छ ।” उहाँले दैनिक आठ–नौ घण्टासम्म लोडसेडिङ हुन थालेको बताए ।
गैँडाकोट–१० का सीता रेग्मीले हावाहुरी चल्ने वित्तिकै बत्ती जाने गरेको गुनासो गरे । “सानो हावाहुरी वा पानी प¥यो भने बत्ती जान थालेको छ”, उनले भने, “बत्ती जाने र आउने समयको कुनै ठेगान नभएपछि छिमेकमा धेरैले इन्भर्टर जडान गर्न थालेका छन् ।”
नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका इञ्जिनियर तिलकराम थनेतले जिल्लामा आपूर्तिभन्दा विद्युत्को माग बढी हुँदा ट्रिपिङको समस्या देखिएको बताए । “भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन ओभरलोड भइरहेको छ”, उनले भने, “यहाँ प्रवाह हुने विद्युत्ले नधान्दा इलेक्ट्रिसिटी ट्रिपिङ भइरहेको छ ।” भरतपुर–बर्दघाट प्रसारण लाइनको विकल्पमा अर्को प्रसारण लाइन सञ्चालनमा नआएसम्म जिल्लामा ट्रिपिङको समस्या समाधान गर्न कठिनाइ भएको उनको भनाइ छ ।
“भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चार्ज भएको छैन”, उनले भने, “यो प्रसारण लाइन चार्ज भएपछि भने उपभोक्ताले सहजरुपमा विद्युत उपभोग गर्न पाउँछन् ।” अहिले गर्मी महिनामा विद्युत्को माग अत्यधिक हुने भए पनि विद्युत प्रवाह हुने रुट ९प्रसारण लाइन०को क्षमता थोरै हुँदा उपभोक्ताले ट्रिपिङको समस्या झेल्नुपरेको उनको भनाइ छ ।
“पूर्व– पश्चिममा विद्युत् प्रवाह नियमित भइरहेको छ”, उनले भने, “माग अत्यधिक भएको गण्डकी र लुम्बिनी प्रदेशमा भने उपभोक्ताले ट्रिपिङको समस्या खेप्नुपरेको छ ।” उपभोक्ताको समस्या आफूहरुले बुझे पनि जिल्लाबाट समस्या समाधान गर्न सम्भव नभएकाले केन्द्रसँग समन्वय गरिरहेको उनले बताए । “अहिले मागभन्दा आपूर्ति कम भइरहेको छ”, उनले भने, “बिजुली बग्ने हाइवे भएन । ट्रान्समिसन लाइन पर्याप्त नभएपछि साँघुरो रुटमा थोरैमात्रै विद्युत प्रवाह हुन्छ ।”
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम तीव्ररुपमा भइरहेकाले उपभोक्ताको समस्या चाँडै नै समाधान हुने उनले बताए । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा ट्रान्समिसन लाइनको टावर निर्माण पश्चात हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आउने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार