नक्कली शरणार्थी प्रकरणमा फरार रहेका तुलाधर पक्राउ
केदार भट्टराई (काका)
असार २८, २०८० बिहिबार १४:४२:१२
२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भ¥याङबाट पक्राउ गरेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।
यो मुद्दामा यसअघि पक्राउ परेका १८ मध्ये काठमाडौं जिल्ला अदालतले दुईलाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो । यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।
आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, ‘हाई प्रोफाइल’हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबै प्रतिवादीलाई जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो । तीमध्येका केही प्रतिवादीले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार