समाचार प्रभाव: "हाउसमेड" मा कुवेत जान हिँडेका महिलासहित ११७ जना विमानस्थलबाट फर्काइए
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १५:४७:३५
२९ असार, काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति नै लिएर कुवेतका लागि वैदेशिक रोजगारीमा जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको छ । बुधबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरू मध्ये आधा जसो महिला कामदार थिए । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।
उनीहरूलाई 'हाउसमेड'का रुपमा पठाउन खोजिएको थियो । श्रम स्वीकृति कामदारका रुपमा लिइएको र झोलामा 'हाउसमेड'का रुपमा काम गर्ने कागजात भेटिएपछि भिसा नै शंकास्पद मान्दै उनीहरू सबैलाई विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
"हाउसमेड"का रुपमा महिला कामदार पठाउन कार्यविधि केही झण्झटिलो र कामदारको सुरक्षाको जिम्मेवारी रोजगारदाताले लिनु पर्ने नियम भएकाले विदेशी एजेन्टको इशारामा नेपालका मेनपावरले यसरी कामदारका रुपमा पठाउने र काम भने अर्कै लगाउने गर्दै आएका थिए ।
स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।
अहिले आधा दर्जन मेनपावर कम्पनीबाट 'हाउसमेड'का रुपमा पठाइएका कामदारलाई फर्काइएको भए पनि यस्तो धन्दामा अन्य थुप्रै मेनपावर कम्पनी संलग्न रहेको बताइन्छ । खासगरी मेनपावरको धन्दा गर्दै दलीय राजनीतिमा पनि संलग्न भएका आफूलाई पावरफूल सम्झने 'मानवतस्कर'हरु यस्तो गैर धन्दामा सक्रियतापूर्वक लागिरहेका छन् । यसबारे सुक्ष्म अनुसन्धान गरी त्यस्ता धन्दामा संलग्न हुनेहरूको वास्तविक अनुहार बाहिर ल्याउनै पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार