सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ, शंकास्पद वस्तु बम नभएको पुष्टि
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १२:३०:५२
३ साउन, काठमाडौं । काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको ।
सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानलाई गौशाला प्रहरीमा राखिएको छ । आफूसँग पटक पटक फोन नगरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन् ।
सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’
पर्चामा आफूलाई सहयोग गरिदिन खोटाङ हेलसी ज्वेलर्सका साहुलाई अनुरोध गरिएको छ।
खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सर्पोट गर्नुहोस्। तपाईको सहयोगले हाम्रो देश र जनताहरुको प्रगति हुनेछ भन्ने हाम्रो आस हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनु होला, संयोजक सफल उल्लेख रहेको उक्त पर्चामा लेखिएको छ।
अहिले शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिरहेको छ। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार