झरीले कुमाले समुदाय चिन्तित

नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १३:११:२८

४ साउन, भादगाउँ । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् ।
भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले समुदायले व्यावसायिक रुपमा माटाका भाँडा बनाउने गर्दछन् । लगतार झरीले अहिले कुमाले समुदायले नजिकिँदै गरेको श्रावणी मेलाका लागि पाला, धुपौरोलगायत वर्षदिनमा मनाइने विभिन्न चाडपर्वलाई लक्षित गरी निर्माण गरेका सामग्री तथा खुत्रुके, गमला, करुवा, मट्का, भ्योग, पर्यटकिय सामग्री, सुकाउन पाएका छैनन् । उनीहरु लगातार झरी पर्दा बाहिर काम गर्न र सुकाउन नमिलेपछि भित्रै काम गरी सुकाउन बाध्य छन् ।
भक्तपुर–४ तालाक्वका रमेश प्रजापतिले झरीले घरबाहिर काम गर्न र सुकाउन नमिल्ने भएपछि घरमै भाँडा बनाएर भित्रै सुकाएको बताए । उनले भने, “मौसम खुल्यो भने सुकाउने र पोल्ने काम हुन्छ, झरीले गर्दा सुकाउन मिलेन, अलि अलि बनाएर छिँडिमै फैलाइदिए, अहिले पाला, गमला, धुपौरो, चिया कप र पर्यटकीय सामग्रीको माग घेरै छ, बनाएर सुकाउन नमिल्ने समय छ, त्यही भएर अहिले कम मात्र बनाएका छौँ ।”
नजिकिदै आएको श्रावणी मेलाका लागि भाँडा बनाउन भ्याइनभ्याइ हुने समयमा झरीले भाँडा सुकाउन नपाउँदा अहिले कुमाले समुदायका व्यक्ति चिन्तित देखिन्छन् । भक्तपुर–९ सुजमारीका श्यामकृष्ण प्रजापति भाँडा सुकाउन नपाएर कामै बन्द गरी बसेका छन् । उनी जुजुधौका लागि मट्का र भ्योग बनाउने काम गर्छन् ।
लगातर झरीले बनाएका भाँडा नै सुकाउन नपाएर पोल्ने कामै ठप्प भएको उनले बताए । भक्तपुर नगरका कुमाले समुदायको पुख्यौली पेशा नै माटाका भाँडा बनाउने हो । झरीका बेला बनाएका भाँडा समयमै सुकाएर पोल्न नपाएर बिग्रिने हुँदा पेशा नै विस्थापित हुने भन्ने डर कुमाले समुदायमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरन पेसाबाट मनग्य आम्दानी
भदौ २७, २०८० बुधबार
जीवन्त खाना क्वाटी पचाउन पनि निकै सजिलो
भदौ १४, २०८० बिहिबार
बिहान सबेरै उठेर हिँडडुल गर्नाले तपाईंको फोक्सो स्वस्थ हुन्छ
साउन ७, २०८० आइतबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार