तीव्र गतिमा गुड्ने गाडीको अब चौबिसै घण्टा निगरानी
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १३:५९:१९
५ साउन, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ ।
यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्याउने गरेको बताइएको छ । अहिले चक्रपथका तीन स्थानमा ‘एएनपिआर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको उपत्यका काठमाडौँ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जडान भएका क्यामेराको काम सडकमा भएको सवारी साधनको तीव्र गति तथा दुर्घटना नियन्त्रणका गतिविधिलाई चौबिसै घण्टा निगरानी गर्नु रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनले भने, “तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि यो प्रणाली जडान गरिएको हो, यसले अब ट्राफिक प्रहरीलाई चौबिसै घण्टा सडकमा उभिनु पर्दैन, यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ ।”
अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँबाटोमा यो प्रणाली जडान गरिएको तथा अन्य ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिमा गाडी हुइँक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एन्ड रन’ का घटना धेरै भएका कारण त्यस्ता गाडी पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक विभागले कोटेश्वरदेखि कलङ्की–चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ । अहिले चक्रपथका तीन ठाउँमा जडान भएको उक्त प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ । त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।
यतिमात्र नभई अहिले जडान भएको प्रणाली अर्थात् ‘एएनपिआर क्यामरा विथ स्पिड डिटेक्सन क्यामरा’ले तोकिएको भन्दा बढी गतिमा गुड्ने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउने तथा त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार