प्रकाश सपूतकाे ‘दमाई महाराज’ नयाँ गीत सार्वजनिक
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार २२:५३:७
५ साउन, काठमाडौं । गायक प्रकाश सपूतले ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार बेलुका सार्वजनिक यो गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । थुप्रै कलाकारहरूले समूहमा स्वर दिएका छन् ।
‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाशले यो गीत सार्वजनिक गरेका हुन् । यो उनको ‘सकम्बरी’पछिको अफिसियल गीत हो । प्रकाशकै शब्द, संगीत रहेको गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।
भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गाउँमा आयोजित धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । प्रकाशले ‘गलबन्दी’को कथासँग यसको भिडियोको कथा जोडेका छन् ।
प्रकाश स्वयंमले यसको भिडियोको निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी, मानकृष्ण महर्जन र दिनेश पराजुलीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।
‘गलबन्दी’ र ‘बोलमाया’ प्रकाशको करिअरका निकै चर्चित गीतहरू हुन् । गायिका शान्तिश्री र मोडल अञ्जलीको करिअरका लागि पनि ति गीतहरू उत्तिकै महत्वपूर्ण मानिन्छन् ।
‘दमाई महाराज’ गीतको भिडियोले विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने विश्वास प्रकाशले लिएका छन् ।आजै सार्वजनिक भएको गीत ‘दमाई महाराज’ हाल सम्म ३ लाख ं चोटि दर्शकले युटुयूबमा हेरिसकेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुनिक साउण्डको भैरहवामा दिपावली उत्सव
कात्तिक १४, २०८१ बुधबार
अबिनाश थापा मगरको शब्द संगीतमा ‘ठूली कान्छी’ सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
आउन फर्की बोलको गीत सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा तुला राशीको हुने, जौ मुखमा राखेर जुन दिशाको यात्रा गरेपनि शुभ हुन्छ
कात्तिक १६, २०८१ शुक्रबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार